तराईमा हुस्सु, उच्च पहाडी र हिमाली भेगमा हिमपातको पूर्वानुमान « Khabarhub

तराईमा हुस्सु, उच्च पहाडी र हिमाली भेगमा हिमपातको पूर्वानुमान


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पनि तराई भूभागमा बाक्लो हुस्सु लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक दुई स्थानमा हिमपातको सम्भावना छ ।

आज बिहान ६ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.७ डिग्री सेल्सियस छ । दिउँसो उपत्यकाको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको पूर्वानुमान छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ १७ गते (शनिबार)

दिउँसो : प्रदेश- १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ १८ गते (आईतबार)

दिउँसो: प्रदेश-१ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ को उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ।

राति : देशको को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ को उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ।

माघ १९ गते (सोमबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ८ : २० बजे

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक

जनताले ठूलो भारी बोकाउनुभएको छ, दायाँबायाँ गर्ने छुट रास्वपालाई छैन : विपिन आचार्य

काठमाडौं- विपिन आचार्य स्थापनाकालदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन्