तराईमा हुस्सु, उच्च पहाडी र हिमाली भेगमा हिमपातको पूर्वानुमान | Khabarhub Khabarhub

तराईमा हुस्सु, उच्च पहाडी र हिमाली भेगमा हिमपातको पूर्वानुमान


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पनि तराई भूभागमा बाक्लो हुस्सु लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक दुई स्थानमा हिमपातको सम्भावना छ ।

आज बिहान ६ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.७ डिग्री सेल्सियस छ । दिउँसो उपत्यकाको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको पूर्वानुमान छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ १७ गते (शनिबार)

दिउँसो : प्रदेश- १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ १८ गते (आईतबार)

दिउँसो: प्रदेश-१ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ को उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ।

राति : देशको को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ को उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ।

माघ १९ गते (सोमबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ८ : २० बजे

लागूऔषधसहित टिकापुरबाट दुई जना पक्राउ

धनगढी– कैलालीको टीकापुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। टीकापुर

आईपीएलमा बैंगलुरुको लगातार दोस्रो जित, प्लेअफको आशा जीवितै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबार दिउँसो भएको पहिलो खेलमा

इलाममा खोई माओवादीको भोट ?

काठमाडौं- इलामको उपचुनावमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार

सहकारी सुशानका लागि दुई दिने कार्यक्रम गर्दै नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को

‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा

गलकोट– चारैतिर हरियाली वन । आँखै अघि देखिने हिमशृङ्खला र