प्रधानमन्त्री कप : टस हारेको आर्मी ब्याटिङ गर्दै « Khabarhub

प्रधानमन्त्री कप : टस हारेको आर्मी ब्याटिङ गर्दै


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको फाइनलमा टस जितेर सशस्त्र प्रहरी बलको एपीएफ क्लबले फिल्डिङ रोजेको छ ।

कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा भइरहेको खेलमा अर्को विभागीय क्बल त्रिभुवन आर्मी क्लबविरुद्ध टस जितेर एपीएफले फिल्डिङ रोजेको हो ।

टस हारेको आर्मी ब्याटिङ गर्दैछ । प्रतियोगिताको फाइनलमा आर्मीविरुद्ध एपीएफले एक खेलाडी परिवर्तन गरेको छ । सेमिफाइनलमा खेलेका सूर्य तामाङलाई आज एपीएफले किशोर महतोलाई स्थान दिएको छ ।

दुवै विभागीय टोली एकअर्काविरुद्ध जित हात पार्दै उपाधि जित्ने योजनामा छन् । आर्मी चौथो पटक फाइनल खेल्दैछ । पहिलो संस्करणको प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबसँग उपाधि बाडेको आर्मी यसपटक एक्लै उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।

प्रधानमन्त्री कपको विजेता टोलीले १० लाख पाउनेछ भने उपविजेता टोलीले ५ लाख पाउनेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार पाउनेछन् भने उत्कृष्ट बलर – व्याट्सम्यानले समान २५ हजार पाउनेछन् ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ९ : २० बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको