दाहाल-नेपाल समूहको आज धनगढीमा शक्ति प्रदर्शन « Khabarhub

दाहाल-नेपाल समूहको आज धनगढीमा शक्ति प्रदर्शन

प्रचण्ड-माधवसहितका शीर्ष नेताले सम्बोधन गर्ने


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहले आज कैलालीको धनगढीमा सरकारविरूद्ध शक्ति प्रर्दशन गर्दैछ।

हजारौँ कार्यकर्ताको र्‍याली दिउँसो १ बजे खुलामञ्चमा सभामा परिणत हुने सो समूहका सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले जानकारी दिए । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालसहितका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

यसअघि पुस २४ मा सोही स्थानमा ओली समूहले गरेको विशाल प्रदर्शनलाई धक्का दिने गरी कार्यकर्ता उतार्न रावलसहितका नेताहरू केही दिनदेखि जनसभाको तयारीमा कैलालीमा छन् । सभाअघि दिउँसो १ बजे चौराहा र क्याम्पस रोड दुवै तर्फबाट ‘विशाल र्‍याली’ निकालिने रावलले जानकारी दिएका छन् ।

प्रदर्शनलाई लक्षित गरि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । जनसभाको पूर्वसन्ध्यामा शुक्रबार बेलुका मोटरसाइकल र्‍यालीसमेत निकालेको थियो।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि ओली र दाहाल- नेपाल समूहमा विभाजित नेकपामा समानन्तर बैठक र शक्ति प्रदर्शन गर्दै एकअर्काको चर्को आलोचना गरिरहेका छन् ।

दुबै पक्षले एकअर्काको चर्को आलोचनासहित समानन्तर शक्ति प्रदर्शनको होड चलाइरहेका छन् । पुस १४ मा काठमाडौँ उपत्यकासहित देशभर प्रदर्शन गरेर ओलीलाई दबाब दिएको दाहाल-नेपाल समूहले माघ ९ मा काठमाडौँमा नै प्रदर्शन गरेको थियो भने शुक्रबार विराटनगरमा पनि प्रदर्शन गर्‍यो ।

दाहाल-नेपाल पक्षलाई ओली समूहले नेता भीम रावलको प्रभाव रहेको भनिएको सुदूरपश्चिम प्रदेशमा विशाल जनसभा गर्दै पुस २४ मा ‘काउन्टर’ दिएको थियो । ओली समूहले माघ २१ मा काठमाडौँमा ‘विशाल प्रदर्शन’ गर्ने जनाइसकेको छ ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ९ : ३५ बजे

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह

क्यान्सरको बिरामीलाई आर्थिक सहयोग

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन