‘रामायण’मा ऋतिक र दीपिका राम–सीता « Khabarhub

‘रामायण’मा ऋतिक र दीपिका राम–सीता


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी) । धार्मिक ग्रन्थ रामायणका बारेमा हालसम्म धेरै फिल्म बनिसकेका छन् । नयाँ–नयाँ शैलीमा भगवान रामको कथा देखाइएको छ । अब भने निर्माता मधु मेन्टाना ‘रामायण’मा मेगा बजेटको फिल्म बनाउदैछन् ।

करिब तीन सय करोडको लागतमा बन्ने फिल्ममा ऋतिक रोशन र दीपिका पादुकोण प्रमुख भूमिकामा देखिँदैछन् । फिल्ममा ऋतिक रामको र दीपिका सीताको चरित्रमा हुनेछिन् ।

यो फिल्मको निर्देशन नितीश तिवारीले गर्नेछन् । नितीशले ‘दंगल’ जस्ता सुपरहिट फिल्म बनाइसकेका छन् । निर्माता मधुले अनुराग कश्यप, विक्रमादित्य मोटवानी र विकास बहलबाट फेन्टम फिल्मस्को हिस्सेदारी खरिद गरेका छन् । अब उनी यो व्यानर एक्लै चलाउनेछन् ।

मधुले केही अनुसन्धानकर्तालाई ‘रामायण’का विषयमा अनुसन्धान गर्न भनेका छन् । अनुसन्धान गर्दा फिल्मको स्क्रिप्ट बनाउन सहयोग पुग्ने विश्वास मधुको छ । मधु ‘रामायण’लाई दुई भागमा रिलिज गर्ने सोचमा छन् । अभिनेता ऋतिक र अभिनेत्री दीपिकाको जोडी सिद्धार्थ आनन्दको फिल्म ‘फाइटर’मा पनि देखिँदैछन् ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १० : ५७ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न