ऋतिकलाई ३० हजार युवतीको विवाह प्रस्ताव « Khabarhub

ऋतिकलाई ३० हजार युवतीको विवाह प्रस्ताव


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउड अभिनेता ऋतिक रोशनले सन् २००० मा फिल्म ‘कहो ना प्यार हे’ बाट अभिनयमा ‘डेब्यू’ गरे ।

पहिलो फिल्मले नै उनलाई रातारात स्टार बनाइदियो । यो फिल्म रिलिज पछि ऋतिक यति लोकप्रिय भए कि उनलाई झन्डै तीस हजार युवतीले विवाहको प्रस्ताव पठाए । हालैको एक अन्तरवार्तामा ऋतिकले यो कुराको खुलासा गरेका हुन् ।

‘पहिलो फिल्म नै हिट भएपछि झन्डै ३० हजार युवतीले विवाहको प्रस्ताव पठाए’ उनले भनेका छन्, ‘यो घटनापछि मलाई मनपराउने मान्छे कति रहेछन् भन्ने थाहा भयो । घरमा बुवा राकेश रोशन पनि छक्क पर्नुभयो ।’ फिल्म ‘कहो ना प्यार हे’बाट अभिनेत्री अमिषा पटेलले ऋतिकसँगै बलिउडमा ‘डेब्यू’ गरेकी थिइन् । यो फिल्मका सबै गीत हिट साबित भइसकेका छन् ।

कामको कुरा गर्दा ऋतिक पहिलोपटक अभिनेत्री दीपिका पादुकोणसँग अनस्क्रिन रोमान्स गर्दैछन् । सिद्धार्थ आनन्दले निर्देशन गर्ने फिल्मको नाम ‘फाइटर’ राखिएको छ । फिल्ममा ऋतिक पाइलटको भूमिकामा देखिदैछन् । यो फिल्म हलिउड अभिनेता टम क्रुजको फिल्म ‘टप गन’बाट प्रभावित रहेको जनाइएको छ ।

ऋतिक अभिनेत्री दीपिकासँग रोशन मधु मन्टेनाको फिल्म ‘रामायण’मा देखिँदैछन् । फिल्ममा ऋतिक राम र दीपिका सीताको चरित्रमा देखिनेछन् ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १२ : ०१ बजे

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका