ऋतिकलाई ३० हजार युवतीको विवाह प्रस्ताव « Khabarhub

ऋतिकलाई ३० हजार युवतीको विवाह प्रस्ताव


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउड अभिनेता ऋतिक रोशनले सन् २००० मा फिल्म ‘कहो ना प्यार हे’ बाट अभिनयमा ‘डेब्यू’ गरे ।

पहिलो फिल्मले नै उनलाई रातारात स्टार बनाइदियो । यो फिल्म रिलिज पछि ऋतिक यति लोकप्रिय भए कि उनलाई झन्डै तीस हजार युवतीले विवाहको प्रस्ताव पठाए । हालैको एक अन्तरवार्तामा ऋतिकले यो कुराको खुलासा गरेका हुन् ।

‘पहिलो फिल्म नै हिट भएपछि झन्डै ३० हजार युवतीले विवाहको प्रस्ताव पठाए’ उनले भनेका छन्, ‘यो घटनापछि मलाई मनपराउने मान्छे कति रहेछन् भन्ने थाहा भयो । घरमा बुवा राकेश रोशन पनि छक्क पर्नुभयो ।’ फिल्म ‘कहो ना प्यार हे’बाट अभिनेत्री अमिषा पटेलले ऋतिकसँगै बलिउडमा ‘डेब्यू’ गरेकी थिइन् । यो फिल्मका सबै गीत हिट साबित भइसकेका छन् ।

कामको कुरा गर्दा ऋतिक पहिलोपटक अभिनेत्री दीपिका पादुकोणसँग अनस्क्रिन रोमान्स गर्दैछन् । सिद्धार्थ आनन्दले निर्देशन गर्ने फिल्मको नाम ‘फाइटर’ राखिएको छ । फिल्ममा ऋतिक पाइलटको भूमिकामा देखिदैछन् । यो फिल्म हलिउड अभिनेता टम क्रुजको फिल्म ‘टप गन’बाट प्रभावित रहेको जनाइएको छ ।

ऋतिक अभिनेत्री दीपिकासँग रोशन मधु मन्टेनाको फिल्म ‘रामायण’मा देखिँदैछन् । फिल्ममा ऋतिक राम र दीपिका सीताको चरित्रमा देखिनेछन् ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १२ : ०१ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म