अभिनयमा अब्बल, गायनमा कमजोर « Khabarhub

अभिनयमा अब्बल, गायनमा कमजोर


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउडका कलाकारहरु आफ्नो अभिनयसँगै लुक्स र स्टाइलका कारण चर्चामा आइरहन्छन् ।

उनीहरुको यो शैलीलाई फ्यानहरुले ‘कपी’ नै गर्छन् । बलिउडमा कैयौं कलाकारहरुको प्रतिभा अनेक छन् । जसरी उनीहरु राम्रो अभिनय गर्छन्, त्यसरी नै बेसुरमा गीत गाउन पनि खप्पिस छन् । भलै तपाईंहरु उनीहरुले गाएको गीत सुनेर वास्तविक संगीत बिर्सनुहुन्छ या त तपाईंको कानमा पीडा हुन्छन् ।

यो सूचीमा सबैभन्दा पहिलो नाम आउने अभिनेता हुन्, अक्षय कुमार । उनको फिल्म जोकोही दर्शकका लागि व्यग्र प्रतिक्षाको विषय बन्छ । तर के उनले गाएको गीत तपाईंले सुन्नु भएको छ ? अक्षय अभिनय जति अब्बल तरिकाले गर्छन्, गायनमा उनी उत्तिकै कमजोर छन् ।

बलिउडकी ‘दबंग गर्ल’ सोनाक्षी सिन्हाले पनि गीत गाएर फ्यान बटुल्न चाहन्छिन् । तर दुःखको कुरा उनको गीत सुनेर फ्यानहरुले ताली बजाउनुको सट्टा आँखा भरी आँसु पारेका छन् । किनकी उनको गीत गायनको शैली फ्यानका लागि टाउको दुखाई बन्ने गरेको छ ।

अभिनेता सलमान खानका जुनसुकै कुराहरु फ्यानका लागि प्रिय लाग्छन् । तर गायनको मामलामा परिणाम ठिक उल्टो हुने गरेको छ । गायनमा सायदै त सलमानका फ्यान कमै होलान् ।

अभिनेत्री प्रियंका चोपडाले सानो सहरबाट फिल्मी यात्रा शुरु गरेर बलिउड हुँदै हलिउडसम्म आफ्नो पाइला पुर्‍याइसकेकी छन् । तर गायनको कुरा गर्दा उनको सुन्दरता र अभिनयलाई फ्यानले जति रुचाए, उनका गीतलाई भने चासो दिएनन् ।

बलिउडका ‘किंग खान’ शाहरुख खानले लकडाउनको समयमा आफ्नो गायन कलालाई लिएर प्रयोग गरे । तर फ्यानले उनको फिल्म जत्ति पनि गायन कलालाई स्वीकार्न सकेनन् ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  २ : ४० बजे

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’

चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा आयात-निर्यातमा असर

काठमाडौं– चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा चीनसँगको

दुबई–तेल अभिभ उडानका घाइते भारतीय क्याप्टेनलाई मोदीले भने ‘नायक’

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुबई–तेल अभिभ उडानका क्रममा सह–पाइलटसँग विमानको