लिग सकाउन एन्फालाई हतारो, खेलाडीको चोटले थलिँदै क्लब « Khabarhub

लिग सकाउन एन्फालाई हतारो, खेलाडीको चोटले थलिँदै क्लब



काठमाडौँ– दशरथ रंगशालामा राष्ट्रिय महिला लिग उद्घाटन खेल चलिरहेको थियो ।

त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेलको नियमित समय सकिन ४ मिनेट बाँकी रहँदा पुलिसकी मनिषा राउतलाई चोट लाग्यो ।

उनले टच लाइनमा रहेका आफ्ना प्रशिक्षकलाई इसारा गर्दै आफुलाई आराम दिन खेलाडी परिवर्तनको माग गरिन् । दाँया खुट्टाको घुँडामा चोट देखिएपछि उनले आफुलाई परिवर्तन गर्न इसारा गरेपनि प्रशिक्षकले भने सोझै नकारेका थिए ।

प्रशिक्षकले थोरै समय भएका कारण मैदानमै रहन संकेत गरे । यसअघि पुलिसले लिगकै लागि भनेर डेढ महिनाभन्दा लामो समय प्रशिक्षण गरेको थियो । तर, पनि लिगको पहिलो खेलमै दुई खेलाडीले चोट बोक्न पुगे । लामो समयपछि प्रतियोगिताका लागि मैदान फर्किनु पूर्व झण्डै २ महिना प्रशिक्षण गरेको पुलिसका खेलाडीमा गम्भीर चोट नभएपछि सामान्य देखिएको थियो ।

पुलिसका प्रशिक्षक सञ्जीव जोशीले लामो समयपछि मैदान फर्किँदा खेलाडीलाई केही असहज भएको खेलपछि सञ्चारकर्मीसँग बताएका थिए ।

‘मैले खेलाडीलाई सधै फिट रहन भनिरहेकै थिए । उनीहरुले पनि आफ्नो तर्फबाट मेहनत गरिरहेका थिए । खेलमा पनि बचेर खेल्न भनेको थिए । तर, पनि फिटनेसमा हल्का समस्या देखिनु स्वभाविक हो । किनभने, धेरैपछि खेलाडी मैदान फर्किएका हुन्,’ उनले भने, ‘यसका लागि भनेर हामीले डेढ–दुई महिना प्रशिक्षण गरेका थियौं ।’

पहिलो पटक डबल राउण्ड रोविन्सका आधारमा भइरहेको महिला लिगको खेल तालिका भने अन्तर्राष्ट्रिय फुटबल नियम विपरित बनेको छ । खेलाडीले एक खेलपछि कम्तीमा ४८ घण्टाको आराम गर्नुपर्ने हुन्छ । तर, एन्फाले एक टिमले एक दिनको आरामपछि अर्को खेल खेल्ने गरी खेल तालिका बनाएको छ । जसको मारमा टिमहरु परिरहेका छन् ।

आराम गर्ने समय कम भएकाले खेलाडीहरु एक पछि अर्को गर्दै चोट बोकिरहेका छन् । आफ्नो तेस्रो खेलपछि सशस्त्र प्रहरी बलको एपीएफ क्लबका प्रशिक्षक भगवति थापाले खेल तालिका छिटो भएकाले खेलाडीमा इन्जुरी समस्या बढेको बताएकी थिइन ।

‘एक पछि अर्को खेल हुँदा खेलाडी इन्जुरीले समस्या गरिरहेको छ । इन्जर्ड खेलाडीका लागि रेष्ट गर्न समय नै पुग्दैन,’ उनले भनिन् ।

विभागीय क्लबका खेलाडी प्रायः जसो अभ्यास गरिरहेका हुन्छन्, तथापी उनीहरुमा पनि इन्जडको समस्या देखिइरहेको छ । आराम समेत नपुगेको उनीहरुको गुनासो छ ।

तर, विभाग बाहिरका चार टोली इन्जुरीले झन बढी ग्रसित बनेका छन् । शुक्रबारमात्रै चन्द्रपुर नगरपालिकाका दुई जना खेलाडी गम्भीर चोट बोक्न पुगे । आर्मीविरुद्धको खेलमा चन्द्रपुरकी पहिलो रोजाईकी गोलरक्षक युनिषा राई घाइते भइन । उनको स्थानमा मैदान प्रवेश गरेकी पुजा शर्मा पनि खेलको ८६ औं मिनेटमा घाइते भइन ।

वालिङका प्रशिक्षक दिलीप थापाले पनि एन्फाले बनाएको खेल तालिका प्रति गुनासो गरे । ‘यो खेल तालिकाले खेलाडीलाई आरामै पुगेन । जसले गर्दा जति खेल्न सक्थे त्यो पनि भइरहेको छैन,’ प्रशिक्षक थापाले भने, ‘हामीले चौदण्डीगढीसँग खेल्यौं । त्यसको आराम आज गर्नु पर्ने हो । तर, आज भोलि हुने एपीएफसँगको खेलका लागि अभ्यास गर्नु पर्यो । यसले टिममा बढि दबाब भइरहेको छ ।’

एन्फाले जतिसक्दो छोटो समयमा लिग सकाउने योजना अनुसार यो तालिका बनाएको आरोप लाग्ने गरेको छ । एन्फाले प्रतियोगिता गरे जस्तो मात्रै गर्नका लागि यो गरेको भन्ने आरोप क्लबहरुले लगाइरहेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १२ : ४१ बजे

प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

दमौली– लेखनाथ प्रसारण लाइनअन्तर्गत टावर निर्माणका लागि तनहुँको व्यास नगरपालिका-५

स्रोतको अभावबीच ऋण लिएर ब्याज तिनुपर्ने अवस्था कसरी हटाउलान् स्वर्णिमले ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फागुन २१ मा भएको प्रतिनिधिसभा

देउवा समूहको भेला, नेताहरूले भने : अब अलग्गै पार्टी बनाएर अघि बढौँ

काठमाडौं- सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएसँगै नेपाली कांग्रेसका

अर्की इन्फ्लुएन्सर पनि फिल्ममा, साइन गरिन् ‘चिरञ्जीवी भव’

काठमाडौं – युवा पुस्तामाझ चर्चिमा रहिरहने सोसल मिडिया इन्फ्लुएन्सर प्रशंसा

दोलखाको सुन्द्रावतीमा खान्डु राजाको दरबार भेटिएको दाबी : थप अनुसन्धान गर्न स्थानीयको माग

दोलखा- दोलखा जिल्लास्थति कालिञ्चाेक गाउँपालिकाको सुन्द्रावतीमा पछिल्ला दिनहरूमा एउटा प्राचीन