ओलीले कलंकको टीका लगाए – प्रचण्ड « Khabarhub

ओलीले कलंकको टीका लगाए – प्रचण्ड


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले आफैमाथि कलंकको टीका लगाएको आरोप लगाएका छन्।

नेकपा प्रचण्ड–नेपाल समूहले आज धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले इतिहासमै धेरै दाग लाग्ने गरी कलंकको टीका लगाएको बताए ।

उनले भने, ‘उहाँले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेर इतिहासमै कलंकको टीका लगाउनुभयो। आफैँलाई खनायकको रुपमा स्थापित गर्नुभयो।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले स‌ंविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको बताउँदै ओलीले जबरजस्ती गरेको आरोप लगाए ।

प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्चले न्याय गर्ने बताउँदै उनले भने, ‘सर्वोच्चले न्याय गर्छ हामी सही फैसला हुने विश्वासमा छौ।’

उनले गलत गर्ने ओलीलाई कारबाही गर्ने बताउँदै जनताले नै उनलाई कारबाहीको दायरामा ल्याउने बताए।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ३ : २७ बजे

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक

जनताले ठूलो भारी बोकाउनुभएको छ, दायाँबायाँ गर्ने छुट रास्वपालाई छैन : विपिन आचार्य

काठमाडौं- विपिन आचार्य स्थापनाकालदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन्