ओलीले कलंकको टीका लगाए – प्रचण्ड | Khabarhub Khabarhub

ओलीले कलंकको टीका लगाए – प्रचण्ड


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले आफैमाथि कलंकको टीका लगाएको आरोप लगाएका छन्।

नेकपा प्रचण्ड–नेपाल समूहले आज धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले इतिहासमै धेरै दाग लाग्ने गरी कलंकको टीका लगाएको बताए ।

उनले भने, ‘उहाँले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेर इतिहासमै कलंकको टीका लगाउनुभयो। आफैँलाई खनायकको रुपमा स्थापित गर्नुभयो।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले स‌ंविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको बताउँदै ओलीले जबरजस्ती गरेको आरोप लगाए ।

प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्चले न्याय गर्ने बताउँदै उनले भने, ‘सर्वोच्चले न्याय गर्छ हामी सही फैसला हुने विश्वासमा छौ।’

उनले गलत गर्ने ओलीलाई कारबाही गर्ने बताउँदै जनताले नै उनलाई कारबाहीको दायरामा ल्याउने बताए।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ३ : २७ बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज