ओली अस्ताउँदो सूर्य हुन्, हामी उदाउँदो : नेता नेपाल « Khabarhub

ओली अस्ताउँदो सूर्य हुन्, हामी उदाउँदो : नेता नेपाल


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) र एमाले सकिएको बताएका छन्।

धनगढीमा आज आयोजित नेकपा प्रचण्ड समूहको आमसभामा बोल्दै नेता नेपालले एमाले र माओवादी मिले नयाँ पार्टी नेकपा जन्मेको र अब नेकपा नयाँ विचार र सिद्धान्तका साथ अगाडि बढेको बताएका हुन्।

“प्रधानमन्त्री केपी ओली पूर्वएमाले र जनताको बहुदलीय जनवादको नाम लिएर गफ दिएर हिँडेका छन्। आफूलाई सक्कली एमाले भनेर हिँडेका छन्। लामो समय पार्टीको नेतृत्व गर्ने माधव नेपाल र झलनाथ खनालभन्दा केपी ओली कसरी असली हुन्छ?”, उनले भने ।

सम्बोधनका क्रममा नेता नेपालले ओली देश विकासको पक्षमा नरहेको आरोप लगाए ।

‘मान्छेलाई केही समय मूर्ख बनाउन सकिएला। तर, मानिसलाई सधैँ मूर्ख बनाउन सकिँदैन। देश र जनताको कुराको साथ पार्टीलाई अगाडि बढाउन चाहन्छौँ’,उनले भने, ‘समाजवादको दिशामा केन्द्रित भएको छ। ओली देश विकासको पक्षमा छैनन्।’

ओलीको पछि लागेर गएकाहरूको भविष्य नभएकाले फर्कन आग्रह गरे। सूर्य चिह्न आफ्नो पक्षमा हुने दाबी गरे।

‘केपी ओली एण्ड कम्पनीबाट मुक्त हुनुहोस्, ओली अस्ताउने सूर्य हुन्। हामी उदाउँदो सूर्य हौँ’ उनले भने, ‘संसद पुनःस्थापनासँगै ओलीको बर्हिगन हुन्छ।’

 

 

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ५ : ०० बजे

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको

भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना, सतकर्ता अपनाउन आग्रह 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं– जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन

नेप्से परिसूचक ६४ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अंकले

रास्वपालाई आशिकाको चुनौती, पार्टी बैठकभित्रै किन लगाइन् ‘हिडन क्यामेरा’सहितको चश्मा ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नवनिर्वाचित सांसद आशिका तामाङ फेरि