ओली अस्ताउँदो सूर्य हुन्, हामी उदाउँदो : नेता नेपाल | Khabarhub Khabarhub

ओली अस्ताउँदो सूर्य हुन्, हामी उदाउँदो : नेता नेपाल


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) र एमाले सकिएको बताएका छन्।

धनगढीमा आज आयोजित नेकपा प्रचण्ड समूहको आमसभामा बोल्दै नेता नेपालले एमाले र माओवादी मिले नयाँ पार्टी नेकपा जन्मेको र अब नेकपा नयाँ विचार र सिद्धान्तका साथ अगाडि बढेको बताएका हुन्।

“प्रधानमन्त्री केपी ओली पूर्वएमाले र जनताको बहुदलीय जनवादको नाम लिएर गफ दिएर हिँडेका छन्। आफूलाई सक्कली एमाले भनेर हिँडेका छन्। लामो समय पार्टीको नेतृत्व गर्ने माधव नेपाल र झलनाथ खनालभन्दा केपी ओली कसरी असली हुन्छ?”, उनले भने ।

सम्बोधनका क्रममा नेता नेपालले ओली देश विकासको पक्षमा नरहेको आरोप लगाए ।

‘मान्छेलाई केही समय मूर्ख बनाउन सकिएला। तर, मानिसलाई सधैँ मूर्ख बनाउन सकिँदैन। देश र जनताको कुराको साथ पार्टीलाई अगाडि बढाउन चाहन्छौँ’,उनले भने, ‘समाजवादको दिशामा केन्द्रित भएको छ। ओली देश विकासको पक्षमा छैनन्।’

ओलीको पछि लागेर गएकाहरूको भविष्य नभएकाले फर्कन आग्रह गरे। सूर्य चिह्न आफ्नो पक्षमा हुने दाबी गरे।

‘केपी ओली एण्ड कम्पनीबाट मुक्त हुनुहोस्, ओली अस्ताउने सूर्य हुन्। हामी उदाउँदो सूर्य हौँ’ उनले भने, ‘संसद पुनःस्थापनासँगै ओलीको बर्हिगन हुन्छ।’

 

 

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ५ : ०० बजे

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा