अयोध्यापुरीमा राम मन्दिर बनाउने काम सुरु भइसक्यो, अर्कोवर्ष ‘प्राणप्रतिष्ठा’ : ओली  « Khabarhub

अयोध्यापुरीमा राम मन्दिर बनाउने काम सुरु भइसक्यो, अर्कोवर्ष ‘प्राणप्रतिष्ठा’ : ओली 


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमिबारे फेरि कुरा उठाएका छन्।

शनिबार चितवनमा आयोजित जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (ओली) समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले रामको जन्मभूमिमा राम मन्दिर निर्माणको काम शुरु भइसकेको बताएका हुन ।

ओलीले चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउने काम सुरु भइसकेको जानकारी गराउँदै अर्को वर्ष राम नवमीमा भव्यतापूर्वक प्राणप्रतिष्ठा गर्ने बताए ।

ओलीले अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा त्यहीँबाट निर्वाचित भएका सांसदले बोल्न नसक्नु दूर्भाग्यपूर्ण रहेको बताए।

प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम मन्दिर बनाउने योजनाको ‘मास्टरप्लान’ तयार भइरहेको बताउँदै रामको ‘भव्य प्रतिमूर्ति’ तयार भइसकेको जानकारी गराए।

सीताको प्रतिमूर्ति बनिरहेको तथा अब लक्ष्मण र हनुमानको पनि बन्ने प्रधानमन्त्री ओलीले बताए।

अयोध्यापुरीमा राम मन्दिर बनिसकेपछि चितवन विश्वका हिन्दु, संस्कृतिविद्, पुरातत्त्वविद् तथा सभ्यताविद्हरूको गन्तव्य हुने प्रधानमन्त्री ओलीले अपेक्षा गरे।

धार्मिक पर्यटनको गन्तव्य बनाएर देशलाई समृद्धिको बाटोमा डोर्‍याउन पनि चितवन र अयोध्यापुरीको ठूलो योगदान हुने प्रधानमन्त्रीको भनाइ थियो ।

यसअघि प्रधानमन्त्री ओलीले भानु जयन्तीका दिन भगवान रामको जन्म नेपालमै भएको बताएका थिए।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ५ : ३७ बजे

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी