मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइना थ्री गर्जेजबीच सम्झौता | Khabarhub Khabarhub

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइना थ्री गर्जेजबीच सम्झौता


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र चाइना थ्री गर्जेज विश्वविद्यालयबीच दुईपक्षीय सम्झौता भएको छ ।

दुवै विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि यही माघ १६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र चाइनाथ्री गर्जेज विश्वविद्यालयका तर्फबाट प्राध्यापक ही वेइजुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न तथा दुई विश्वविद्यालयबीच आपसी समझदारी र शैक्षिक सहकार्य स्थापना गर्ने उद्देश्यका साथ गरिएको मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक तथा सूचनाप्रविधि विज्ञ भट्टले जानकारी दिए ।

“सम्झौतापश्चात् दुई विश्वविद्यालयबीच विशेषगरी प्राध्यापक, शोधकर्ता, प्रशासनिक कर्मचारी तथा विश्वविद्यालयमा अध्यनरत विद्यार्थी आदानप्रदान हुनेछन्”, सूचनाप्रविधि विज्ञ भट्टले भने, “दुवै विश्वविद्यालयले सामूहिकरुपमा अनुसन्धानसँग सम्बन्धित परियोजनाहरु अगाडि बढाउन सकिने कुरा सम्झौतामा उल्लेख गरिएको छ ।”

त्यसैगरी विभिन्न कार्यक्रम तथा गोष्ठीहरु आयोजना गरिनुका साथै आपसमा विभिन्न शैक्षिक जानकारी तथा सामग्री आदानप्रदान गर्ने र सम्झौताको मर्म पूरा गर्न तथा दुवै देशको कानून एवं सम्झौताको परिधिमा रही विश्वविद्यालयअन्तर्गतका सङ्काय, स्कुल वा संस्थाले एकापसमा समझदारी गरी परियोजना सञ्चालन गर्न सक्ने सम्झौतामा उल्लेख गरिएको उनले बताए ।

सम्झौताको अवधि हस्ताक्षर मितिदेखि पाँच वर्षको रहने जनाइएको छ । हाइड्रोइलेक्ट्रिक इन्जिनीयरिङ र इलेक्ट्रिकल इन्जिनीयरिङ विषयमा प्रख्यात मानिँदै आएको चाइनाथ्री गर्जेज विश्वविद्यालय स्वास्थ्य, सञ्चार तथा कम्प्युटर प्रविधि, खेलकूद, अर्थशास्त्र, व्यवस्थापनलगायत विषयहरु पढाइ हुने चीनकै एक अग्रणी विश्वविद्यालय हो ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ६ : २७ बजे

पूर्वराष्ट्रपतिले भनिन्- केपी ओली नेता मात्रै होइन, राजनेता

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेता मात्रै

रूकुम पूर्वमा हिउँ खेल्न लोभिएका पर्यटक 

रूकुम – हिउँ कसैको लागि रहर छ भने कसैको लागि

रौतहट प्रहरीद्वारा एकै दिनमा १३ जना फरार प्रतिवादी पक्राउ

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो संयन्त्र प्रयोग गरी एकै

जापानमा लागेको डढेलो नियन्त्रण गर्न १७ हजार अग्निनियन्त्रक परिचालित

एजेन्सी – जापानको जंगलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका

भारवहन सीमा कार्यान्वयन गर्न यातायात विभागको ध्यानाकर्षण

काठमाडौं – यातायात व्यवसायीहरूले भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्न