मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइना थ्री गर्जेजबीच सम्झौता « Khabarhub

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइना थ्री गर्जेजबीच सम्झौता


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र चाइना थ्री गर्जेज विश्वविद्यालयबीच दुईपक्षीय सम्झौता भएको छ ।

दुवै विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि यही माघ १६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र चाइनाथ्री गर्जेज विश्वविद्यालयका तर्फबाट प्राध्यापक ही वेइजुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न तथा दुई विश्वविद्यालयबीच आपसी समझदारी र शैक्षिक सहकार्य स्थापना गर्ने उद्देश्यका साथ गरिएको मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक तथा सूचनाप्रविधि विज्ञ भट्टले जानकारी दिए ।

“सम्झौतापश्चात् दुई विश्वविद्यालयबीच विशेषगरी प्राध्यापक, शोधकर्ता, प्रशासनिक कर्मचारी तथा विश्वविद्यालयमा अध्यनरत विद्यार्थी आदानप्रदान हुनेछन्”, सूचनाप्रविधि विज्ञ भट्टले भने, “दुवै विश्वविद्यालयले सामूहिकरुपमा अनुसन्धानसँग सम्बन्धित परियोजनाहरु अगाडि बढाउन सकिने कुरा सम्झौतामा उल्लेख गरिएको छ ।”

त्यसैगरी विभिन्न कार्यक्रम तथा गोष्ठीहरु आयोजना गरिनुका साथै आपसमा विभिन्न शैक्षिक जानकारी तथा सामग्री आदानप्रदान गर्ने र सम्झौताको मर्म पूरा गर्न तथा दुवै देशको कानून एवं सम्झौताको परिधिमा रही विश्वविद्यालयअन्तर्गतका सङ्काय, स्कुल वा संस्थाले एकापसमा समझदारी गरी परियोजना सञ्चालन गर्न सक्ने सम्झौतामा उल्लेख गरिएको उनले बताए ।

सम्झौताको अवधि हस्ताक्षर मितिदेखि पाँच वर्षको रहने जनाइएको छ । हाइड्रोइलेक्ट्रिक इन्जिनीयरिङ र इलेक्ट्रिकल इन्जिनीयरिङ विषयमा प्रख्यात मानिँदै आएको चाइनाथ्री गर्जेज विश्वविद्यालय स्वास्थ्य, सञ्चार तथा कम्प्युटर प्रविधि, खेलकूद, अर्थशास्त्र, व्यवस्थापनलगायत विषयहरु पढाइ हुने चीनकै एक अग्रणी विश्वविद्यालय हो ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ६ : २७ बजे

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको

भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना, सतकर्ता अपनाउन आग्रह 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं– जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन

नेप्से परिसूचक ६४ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अंकले

रास्वपालाई आशिकाको चुनौती, पार्टी बैठकभित्रै किन लगाइन् ‘हिडन क्यामेरा’सहितको चश्मा ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नवनिर्वाचित सांसद आशिका तामाङ फेरि