ओलीले फेरे बोली, ३ महिना होइन सबै नेपालीले कोरोनाको खोप पाउन १ वर्ष लाग्ने « Khabarhub

ओलीले फेरे बोली, ३ महिना होइन सबै नेपालीले कोरोनाको खोप पाउन १ वर्ष लाग्ने


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीले खोरोनाविरुद्धको खोप प्राप्त गर्ने सक्ने भन्दै दिएको अभिव्यक्ति फेरेका छन् ।

गत बुधबार खोप अभियानको उद्घाटन गर्दै दिएको अभिव्यक्ति फेर्दै  उनले अब एक वर्षमा सबै नेपालीले  कोरोनाको खोप पाउने बताएका छन् ।

उनले आज चितवनमा भएको कार्यक्रममा सबै नेपालीका लागि खोप उपलब्ध हुन १ वर्ष लाग्ने दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस (कोभिड- १९)को उपचारमा फ्रन्ट लाइनमा रहेकालाई खोप लगाउन सुरु गरिएको र सबै नेपालीलाई खोप उपलब्ध हुन १ वर्ष लाग्ने बताएका हुन् ।

उनले फ्रन्ट लाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई खोप उपलब्ध हुनै ३ महिना लाग्ने पनि बताए ।

भारतले अनुदानमा दिएको कोभिसिल्ड खोपको कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा रहेकाहरूलाई लगाउने अभियानको उद्घाटन गर्दै ओलीले भनेका थिए, ‘हामी अरु मित्रराष्ट्रहरूसँग र संघसंस्थाहरूसँग पनि कुरा गरिरहेका छौं । हामी ठान्छौं करिब ३ महिनाभित्र हामीले सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा ३ महिना लाग्न सक्छ ।’

सरकारले १५ वर्षभन्दा माथिका ७२ प्रतिशत अर्थात् २ करोड १६ लाखलाई खोप दिने योजना अघि सारेको छ।

यो पनि पढौँ

तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाउँछौँ : प्रधानमन्त्री ओली 

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ६ : ४० बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी