ओलीले फेरे बोली, ३ महिना होइन सबै नेपालीले कोरोनाको खोप पाउन १ वर्ष लाग्ने « Khabarhub

ओलीले फेरे बोली, ३ महिना होइन सबै नेपालीले कोरोनाको खोप पाउन १ वर्ष लाग्ने


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीले खोरोनाविरुद्धको खोप प्राप्त गर्ने सक्ने भन्दै दिएको अभिव्यक्ति फेरेका छन् ।

गत बुधबार खोप अभियानको उद्घाटन गर्दै दिएको अभिव्यक्ति फेर्दै  उनले अब एक वर्षमा सबै नेपालीले  कोरोनाको खोप पाउने बताएका छन् ।

उनले आज चितवनमा भएको कार्यक्रममा सबै नेपालीका लागि खोप उपलब्ध हुन १ वर्ष लाग्ने दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस (कोभिड- १९)को उपचारमा फ्रन्ट लाइनमा रहेकालाई खोप लगाउन सुरु गरिएको र सबै नेपालीलाई खोप उपलब्ध हुन १ वर्ष लाग्ने बताएका हुन् ।

उनले फ्रन्ट लाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई खोप उपलब्ध हुनै ३ महिना लाग्ने पनि बताए ।

भारतले अनुदानमा दिएको कोभिसिल्ड खोपको कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा रहेकाहरूलाई लगाउने अभियानको उद्घाटन गर्दै ओलीले भनेका थिए, ‘हामी अरु मित्रराष्ट्रहरूसँग र संघसंस्थाहरूसँग पनि कुरा गरिरहेका छौं । हामी ठान्छौं करिब ३ महिनाभित्र हामीले सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा ३ महिना लाग्न सक्छ ।’

सरकारले १५ वर्षभन्दा माथिका ७२ प्रतिशत अर्थात् २ करोड १६ लाखलाई खोप दिने योजना अघि सारेको छ।

यो पनि पढौँ

तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाउँछौँ : प्रधानमन्त्री ओली 

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ६ : ४० बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल