निर्वाचनमा केन्द्रित हुन नेता कार्यकर्तालाई मन्त्री रायमाझीको निर्देशन (भिडियोसहित) « Khabarhub

निर्वाचनमा केन्द्रित हुन नेता कार्यकर्तालाई मन्त्री रायमाझीको निर्देशन (भिडियोसहित)


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका छन ।

नेकपा दोलखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित ‘बृहत कार्यकर्ता भेला’ लाई सम्बोधन गर्दै उहाँले नेकपा दाहाल–नेपाल समूहका नेता तथा कार्यकर्ताले भ्रम सिर्जना गरिरहेकाले कत्ति पनि भ्रममा नपरी चुनावमा लाग्न निर्देशन दिएका हुन ।

पार्टीका स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री रायमाझीले कुनै विचारभन्दा पनि पुष्पकमल दाहाल र माधवकुमार नेपालले पद नपाएका कारण पार्टी छाडेर जानुभएको आरोप लगाए ।

उनले भने, “निर्वाचन आयोगले पार्टी फुटेको छैन भनेको छ, कि त पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानेर जानुपर्‍यो कि पार्टी फुटाएर जानुपर्‍यो।”

हेरौँ भिडियो

सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवं नेकपाका नेता पार्वत गुरुङले दाहाल–नेपाल नेतृत्वको नेकपाका नेताहरुले पदकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको सन्दर्भमा प्रधानमन्त्रीले बाध्य भएर संसद् विघटन गरेको प्रस्ट पारे ।

उनले संविधानको रक्षाका लागि अब ताजा जनादेशमा जानुको विकल्प नभएको उल्लेख गर्दै त्यसका लागि व्यापक तयारीमा लाग्न कार्यकर्तालाई अपिल गरे ।

मन्त्री गुरुङले वर्तमान सरकारले राष्ट्र र राष्ट्रियता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा गरेको कामलाई जनतासम्म पुर्‍याउन पनि कार्यकर्तालाई निर्देशन दिए ।

उनले दोलखा जिल्लाका प्रत्येक विद्यालय, वडा र प्रत्येक घरमा इन्टरनेट पुर्‍याउने सरकारको योजना रहेको जानकारी दिदैं दोलखालाई स्मार्ट दोलखा बनाउने प्रतिबद्धता व्यक्त गरे ।

मञ्चका अध्यक्ष गणेश शिवाकोटीले समृद्ध नेपाल निर्माणका लागि स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ६ : ४८ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल