प्रधानमन्त्री कप क्रिकेट : ईमर्जिङ खेलाडी बने विवेक, म्यान अफ दि सिरिज कमललाई « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : ईमर्जिङ खेलाडी बने विवेक, म्यान अफ दि सिरिज कमललाई


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा ईमर्जिङ खेलाडीको पुरस्कार प्रदेश नम्बर २ का खेलाडी विवेक यादवले जितेको छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रम अन्तर्गत आयोजना गरेको प्रतियोगिता शनिबार त्रिभुवन आर्मी क्लबलाई उपधि सुम्पिँदै समापन भएको छ। समापन कार्यक्रम यादवले ईमर्जिङ खेलाडी अवार्डबाट सम्मानित भए।

उनले २५ हजार पुरस्कार रकम प्राप्त गरेका छन्। यस्तै प्रतियोगितामा उत्कृष्ट बलिङ गरेका च्याम्पियन टोली आर्मीका साहब आलमले उत्कृष्ट बलरको पुरस्कार प्राप्त गरे भने उत्कृय्ट ब्याट्सम्यान बागमती प्रदेशका पृथु बास्कोटाले जितेका छन्।

बास्कोटा र आलमले समान २५ हजार पुरस्कार राशि प्राप्त गरेका छन्। म्यान अफ दि सिरिज भने सशस्त्र प्रहरी बल एपीएफका कमलसिंह ऐरीले प्राप्त गरेका छन्। उनले ५० हजार प्राप्त गरेका छन्।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ६ : ५८ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक