मुस्ताङमा खिचियो हलिउडको ‘ब्ल्याक नार्सिसस’ « Khabarhub

मुस्ताङमा खिचियो हलिउडको ‘ब्ल्याक नार्सिसस’


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् १९३९ मा रुमेर गोडेनद्वारा लिखित उपन्यास ‘ब्ल्याक नार्सिसस’मा आधारित रहेर सन् १९४७ मा फिल्म ‘ब्ल्याक नार्सिसस’ निर्माण भएको थियो ।

डेबोरा केर अभिनित यो फिल्मले उसबेला अस्करमा दुईवटा अवार्ड जितेको थियो ।

अब यही फिल्म नयाँ भर्सनमा निर्माण गरिएको छ । बेलायतको एफएक्स र बीबीसीवनले निर्माण गरेको नयाँ फिल्ममा नेपाली कलाकारहरुको अभिनय रहेको छ । फिल्मको छायांकन पनि नेपालमै गरिएको छ ।

सन् १९३४ को पृष्ठभूमिमा बनेको फिल्मले स्कुल बनाउने उद्देश्यले नेपाल आएका क्याथोलिकनको कथा पेश बोकेको छ । फिल्ममा सविन बस्नेत, दीपिका कुँवर, दीलिप राईलगायतका नेपाली कलारको अभिनय रहेको छ । यी कलाकारले बेलायती सिरिज ‘आवर गर्ल’मा अभिनय गरिसकेका छन् ।

फिल्ममा ‘गेम अफ थ्रोन्स’ अभिनेत्री डायना रिग, ‘प्रिन्स अफ पर्सिया’ तथा ‘जेम्स बोन्ड’ सिरिजको पछिल्लो फिल्म ‘क्वान्टम अफ सोलेस’की अभिनेत्री जेमा आर्टेटोन, ‘गेम अफथ्रोन्स’ अभिनेत्री एसलिङ फ्रान्सिकोइ आदि कलाकारको अभिनय रहेको छ ।

पहिलो भागका सह–निर्देशक इमेरिक प्रेसबर्गका नाति एन्ड्रुयु म्याकडोनाल्ड यो फिल्मका निर्माता हुन् । हिमालयको पृष्ठभूमि माग्ने फिल्मको सुटिङ स्टुडियोमा मात्र सिमित गरेकोमा लेखक रुमेर गोर्डन खुशी भएकी थिइनन् । यसैले जब बिबिसीले यसलाई फेरि बनाउने निर्णय गर्यो, निर्माता निर्देशकको छनोटमा नेपाल पर्यो । यसरी नेपालआएको टोलीले तीनहप्तासम्म मुस्ताङको तल्लो भेगमा सुटिङ गरेको थियो । नेपालमा सुटिङको व्यवस्थापन लोकेसन नेपालले गरेको थियो ।

‘ब्ल्याक नार्सिसस’ का लागि लोकेसन नेपालले मुस्ताङदेखि इलामसम्मको लोकेसन देखाएको थियो । ‘फेन्सेस’, ‘दि गर्ल अन दि ट्रेन’, ‘अ क्वाइट प्लेस’ निर्देशक चारलोट ब्रुसले अन्तिममा मुस्ताङ र छेउछाउको एरिया कथाका लागि उपयुक्त ठम्याएपछि फिल्मको सुटिङ मुस्ताङमा गरिएको थियो ।

‘ब्ल्याक नार्सिसस’ सन् २०२० को नोभेम्बरमा अमेरिका र सोही वर्षको डिसेम्बरमा बेलायतमा रिलिज भइसकेको छ । तीन भागको यो सिरिज बिबिसी आइप्लेयरमा रिलिज भइसकेको छ । डेलीमेल ,गार्जियन, न्युयोर्क टाइम्स आदिविश्व प्रतिष्ठित पत्रिकाले रिभ्यु गरेको फिल्मले समीक्षामा सकारात्मक प्रतिक्रिया पाएको छ ।

 

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ७ : २१ बजे

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक

जनताले ठूलो भारी बोकाउनुभएको छ, दायाँबायाँ गर्ने छुट रास्वपालाई छैन : विपिन आचार्य

काठमाडौं- विपिन आचार्य स्थापनाकालदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन्