निर्वाचन तोकिएकै मितिमा हुन्छ, ढुक्क हुनुस् : मन्त्री अर्याल « Khabarhub

निर्वाचन तोकिएकै मितिमा हुन्छ, ढुक्क हुनुस् : मन्त्री अर्याल


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– कृषि तथा पशुपंक्षी पन्त्री पद्मा कुमारी अर्यालले तोकिएकै समयमा निर्वाचन हुने बताएकी छन् ।

नेकपा स्याङ्जाको हरिनास गाँउ कमिटिले आज(शनिबार) आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री अर्यालले त्यस्तो बताइन् ।

सरकारले तोकेको बैशाख १७ र २७ गतेको निर्वाचन कुनै तत्वले बिथोल्न नसक्ने भन्दै उहाँले पार्टीलाई एकताबद्ध बनाउँदै चुनामी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह समेत गरिन् । कम्युनिस्ट पार्टी विचारबाट निर्देशित भएको पार्टी रहेता पनि पद, शक्तिकै लागि मात्र ओली नेतृत्वको सरकार चारैतिरबाट घेराबन्दीमा परेको उनले बताइन् ।

जनताले विश्वास गरेको सबैभन्दा ठूलो पार्टी नेकपा पार्टी भित्रैकै ठूला नेताहरुले राष्ट्रपतीलाई महाअभियोग लगाउनेसम्मको तयारी गरी हस्ताक्षर संकलन गरेका कारण प्रतिनिधिसभाको विघटन गर्नुपर्ने स्थितीको सिर्जना भएको उनले बताइन् ।

नेकपा केन्द्रीय सदस्यसमेत रहेकी नेता अर्यालले वर्तमान समयमा कसैले फरक प्रतिक्रिया दिँदै आइरहेता पनि अहिलेसम्म पार्टी नफुटेको बताइन् । उनले समुन्द्रबाट एक अम्खोरा पानी झिक्दैमा समुन्द्र नसकिने समेत बताइन् । मन्त्री अर्यालले भनिन्, ‘समुन्द्रबाट एक अम्खोरा पानि झिक्दैमा समुन्द्र रित्तिदैन । पदको लोभले केही नेताले बाहिर भेला गर्दैमा नेपाल कम्युनिस्ट पाटी सकिँदैन ।’

मन्त्री अर्यालले सत्तारुढ दल नेकपा विभाजनका सन्दर्भमा अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको बताइन् । मन्त्री अर्यालले सत्तारुढ नेकपा विभाजन भएर दुईवटा समूह बनेतापनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको बताइन् ।

त्ययस अवसरमा हरिनास गाउँपालिका वडा नं २ का वडासदस्य लालुमायाँ नेपाली लगायत १ सय ५६ जना नेपाली काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ८ : ४९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल