फिल्ममा गान्धी बन्न सकस ! « Khabarhub

फिल्ममा गान्धी बन्न सकस !


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)- सत्य र अहिंसाको शिक्षा दिने भारतका राष्ट्रपिता महात्मा गान्धीको ७३ औं पुण्यतिथी मनाइएको छ ।

सन् १९४८ जनवरी ३० मा नाथुराम गोड्सेले गान्धीको गोली हानी हत्या गरेका थिए । गान्धीको विचारमा किताब मात्र लेखिएको छैन, बलिउडमा उनका बारे कैयौं फिल्म नै बनेका छन् ।

गान्धीको पुण्यतिथीको अवसर पारेर फिल्ममा गान्धीको चरित्र निभाउने कलाकारले आफ्नो अनुभव सुनाएका छन् । जसमा कतिले गान्धीको चरित्रका लागि २० किलो वजन घटाएका छन् भने कतिले मेकअपमै तीन घण्टाको समय बिताउने गरेको खुलाएका छन् ।

फिल्म ‘गान्धी माइ फादर’मा गान्धीको चरित्र निर्वाह गरेका दर्शन जरीवालाले आफ्नो करियरमा गान्धी चरित्र सबैभन्दा चुनौतिपूर्ण चरित्र रहेको बताएका छन् । ‘नेता भएर पनि उनले कसैको सान्तवना लिएनन् । आफ्नो परिवारको तर्फबाट पनि सान्तवना लिएनन् । आजका नेतामा यस्तो विचारधारा कहाँबाट आउँछ र ? गान्धीजी बिना सोचविचार कुनै काम गर्दैन थिए’, दर्शन भन्छन्, ‘पहिला उनी केही समयका लागि सोच्दथे, अनि बोल्दथे । जे भन्थे, त्यो गरेर देखाउथे ।’

उनले गान्धी चरित्रका लागि आफूले शारीरिक र मानसिक दुवै किसिमबाट ठूलो मेहनत गर्नुपरेको बताए । उनले गान्धीको लुक्सका लागि २० किलो वजन नै घटाए ।

फिल्म ‘लगे रहो मुन्नाभाई’मा अभिनेता दिलीप प्रभावलकरले गान्धीको चरित्र निभाएका थिए । उनका अनुसार यो फिल्मको छायांकनका क्रममा उनको मेकअप गर्नै अढाई घण्टा लाग्थ्यो ।

‘मैले नक्कली कान र नाक लगाउनुपर्थ्यो । अनुहार चाउरी पार्नका लागि मेकअपले ठूलो सहयोग गरेको थियो । तर यस्तो अवस्थामा गाला चिलाउथ्यो र असहज महशुस हुन्थ्यो । यस्तो अवस्थामा मैले एक मुस्कुराउने र दयालु अनुहार देखाउनुपर्थ्यो । यो क्षण मेरा लागि निकै पीडादायी क्षण थियो’, उनले स्मरण गरेका छन्,‘राजकुमार हिरानीले मलाई एक अलग भूमिकाका लागि बोलाएका थिए । त्यो भूमिका वृद्धाश्रममा बस्ने विद्या वालनका हजुरबुवाका बुर्जुग साथीमध्ये एक थियो । जब म हिरानीलाई भेट्न गएँ, त्यो बेला उनले मलाई गान्धीको भूमिका निभाउन भने । म अचम्ममा परें । किनकी म दुब्लो पातलो त थिएँ, तर अग्लो थिएँ, मेरो अनुहार कुनै पनि हिसाबले गान्धीसँग मिल्दैन थियो । तर राजकुमारले मेकअपमार्फत मलाई गान्धी बनाइदिए ।’

फिल्म ‘मेकिङ अफ महात्मा’मा अभिनेता रन्जीत कपुर महात्मा गान्धी बनेका थिए । यो फिल्मका निर्देशक श्याम बेनेगलले ‘सत्य के साथ मेरे प्रयोग(महात्मा गान्धीद्वारा लेखिएको पुस्तक’लाई साकार बनाउन चाहन्थे । जहाँ गान्धीको आन्तरिक संघर्षलाई दर्शकसम्म पुर्याउन महत्वपूर्ण थियो ।

‘साँचो कुरा भन्नुपर्दा फिल्ममा प्रमुख भूमिका निभाउनका लागि म निर्माताको रोजाईमा थिइनँ । मलाई स्क्रिन टेस्टको लागि मात्र बोलाइएको थियो, जहाँ अन्य व्यक्तिहरु पनि स्क्रिन टेस्ट दिइरहेका थिए । तर मैले गान्धीको भूमिका निर्वाह गर्छु भन्ने कहिले सोचेको थिइनँ । एक हप्ता पछि टिमले फोन गरेर गान्धीको भूमिका निभाउन तयार हुनु भने’, उनले भनेका छन्, ‘यो भूमिका निकै मेहनतपूर्ण छ भन्ने मलाई लागेको थियो । भूमिका निभाउनु मेरो भाग्यमा थियो । म मार्चिङ टिमको हिस्सा भइसकेको थियो । त्यहीकारण महात्मा गान्धीको भूमिका निभाउदा मलाई स्कुलको याद आयो । किनकी मैले गान्धीले लेखेको पुस्तक ‘माइ एक्सपेरिमेन्ट विथ ट्रुथ’ स्कुलमा पढेको थिएँ ।’

त्यस्तै फिल्म ‘सरदार’मा अभिनेता अन्नू कपूर गान्धी चरित्रमा प्रस्तुत भएका थिए । फिल्मका निर्माता केतन मेहताले उनलाई गान्धीको चरित्रका लागि छनोट गरेका थिए ।

‘त्यो समय कैयौं मानिसहरु मलाई सानोतिनो कमेडियन मान्दथे । कलाकारका रुपमा मेरो क्षमता उनीहरुले देखेका थिएनन् । राष्ट्रपति भवनमा सुटिङ भएको थियो । नालन्दा सुइटमा मेरो मेकअप भयो । त्यो त्यही सुइट हो, जहाँ इंग्ल्याण्डका राजकुमार चाल्र्स र राजकुमारी डायना बसेका थिए । मेरो शीरलाई त्यही सिरानीमा राखिएको थियो, जहाँ गान्धीले राख्दथे । कमसेकम १० हजार मानिस र १० क्यामराका बीच त्यो सुटिङ सजिलो थिएन ।’, उनले भनेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १० : ४६ बजे

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी