विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २८ लाख नाघ्यो | Khabarhub Khabarhub

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २८ लाख नाघ्यो


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ५०७ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २८ लाख ३ हजार ९८८ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ६३ हजार २०६ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा ३ लाख १४ हजार २६८ जना, भारतमा १ लाख ६२ हजार १४७ जना, रूसमा ९८ हजार ३३ जना, बेलायतमा १ लाख २६ हजार ६१५ जना, फ्रान्समा ९४ हजार ९५६ जना, इटालीमा १लाख ८ हजार ३५० जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ४३ हजार ५९८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १२ करोड ८२ लाख ३० हजार ६२३ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड १९ लाख ८७ हजार ८३७ छ । यसमध्ये ९४ हजार ६६६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर १० करोड ३४ लाख ३८ हजारभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

पछिल्लो २४ घण्टामा ४ लाख ५५ हजार ७५७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ८ : ३० बजे

सरकारबाटै लोकतन्त्रमाथि खतरा बढ्यो : नेता विष्ट

काठमाडौं– नेपाली कांग्रेसका नेता आनन्द विष्टले कम्युनिस्ट सरकारबाट लोकतन्त्रमाथि खतरा

चितवनमा अब पङ्खा चल्छ : रेणु दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले विद्युत पूर्वाधार संरचना

जसपा राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव  

काठमाडौं– जसपा अशोक राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव

देवनगर सबस्टेशन आजदेखि सञ्चालन

काठमाडौं– चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते 

मकवानपुर– जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान सवारी दुर्घटना