काठमाडौँ- एमाले नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलले वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई कारबाही गरेकोमा कटाक्ष गरेकी छन् ।
उनले ओलीको नाम नलिइकन सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीको पछिल्लो कदमलाई घुमाउरो अर्थमा ‘कमजोर’ संज्ञा दिएकी छन्।
पार्टीको विधानविपरीत गएको भन्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले माधव नेपाल र भीम रावललाई कारबाही गरेपछि झाँक्रीले फेसबुकमार्फत कडा प्रतिक्रिया दिएकी हुन्।
फेसबुकमाले उनले लेखेकी छन्, ‘कमजोरहरूको अन्तिम अस्त्र हो- जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस् – पृथ्वी गोलो छ ।’
प्रतिक्रिया