माछा मार्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु « Khabarhub

माछा मार्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पिखुवाखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ ।

करेन्ट लगाएरमा माछा मार्ने क्रममा पिखुवा हाइड्रोपावरमा काम गर्ने मजुदर महेन्द्रनगरका ३४ वर्षीय रामबहादुर आलेमगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए ।

उनले भने, ‘माछा मार्ने क्रममा पिखुवाखोलामा एक जना ढलेको भन्ने हामीलाई जानकारी आएपछि प्रहरी टोलीसहित म आफैँ घटनास्थलमा पुगेँ । त्यहाँ पुग्दा तार समातेको अवस्था शव फेला पर्‍यो । नजिकै उनले मारेको माछा र ढडियासमेत पनि फेला परेको छ । घटनाको प्रकृति हेर्दा करेन्ट लागेर ज्यान गएको देखिन्छ । शव परीक्षण रिपोर्टपछि थप अनुसन्धान हुन्छ ।’

मगर हातमा तार पक्रिरहेको अवस्थामा मृत फेला परेको उनको भनाइ छ । स्थानीयले माछा मार्ने क्रममा मानिस खोलामा ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको औँलाको कापमा करेन्टले पोलेको डामसमेत रहेको प्रहरीको भनाइ छ । आवश्यक प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ११ : ३८ बजे

अदुवाले मूल्य पाएपछि खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा

हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडाका ४६ वर्षीय तोईबहादुर कटवालको हत्या

ग्यासमा कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकमा प्रहरी

काठमाडौँ – खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव र कालोबजारी

सिंहदरबार वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलबाट खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको

आपसी मेलमिलाप र एकताले राष्ट्रिय सामर्थ्य बढाउँछ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरुबीचको आपसी