चन्द्रागिरि नगरपालिकाले आगामी शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागु गर्ने « Khabarhub

चन्द्रागिरि नगरपालिकाले आगामी शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागु गर्ने


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार हरेक स्थानीय तहले एउटा स्थानीय विषय बस्तुसम्बन्धी वा मातृभाषिक सीपको पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने हुन्छ ।

सोही अनुसार आगामी शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रमको पठनपाठन सञ्चालन गर्ने गरी चन्द्रागिरि नगरपालिकाले तयारी गरिरहेको छ ।

पाठ्यक्रममा नगरपालिकाको आर्थिक, सामाजिक, भौगोलिक, धार्मिक, ऐतिहासिक, राजनीतिक,चाड पर्व, मठ मन्दिर लगायतका सम्पूर्ण विषयलाई समेटिएको नगरप्रमुख घनश्याम गिरिले बताए । उनले भने,‘नगरपालिको पूर्ण परिचय आउने गरी पाठ्यक्रम तयार गरेका छौँ । ’

नगरपालिकामा रहेका खोला नालादेखि मठमन्दिर लगायत सम्पूर्ण ऐतिहासिक विषयलाई समेट्दा पाठ्यक्रम निर्माण गर्न केही ढिला भएको उनले बताए ।

नगरपालिकाको मौलिकता झल्काउने स्थानीय तहका सम्पूर्ण विषय समेटिएको उनले जानकारी दिए ।

उनले भने, ‘राष्ट्रिय पाठ्यक्रममा मुख्य मुख्य विषयहरुलाई समेटिएको हुन्छ तर स्थानीय पाठ्यक्रममा टोलको एउटा मन्दिर पनि प्रमुख हुन्छ ।’

पाठ्यक्रममा कुन कुरा दिन सक्यो भने अनुशासित र सभ्य समाज निर्माण हुन्छ भन्ने विषयलाई पनि ध्यानमा राखेर पाठ्यक्रम तयार गरिएको उनले बताए ।

उनका अनुसार पाठ्यक्रममा ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात कसरी प्रयोग गर्न भन्ने विषयलाई पनि समेटिएको छ ।

‘आकाशे पुल मात्र बनाएर हुदैँन्, त्यो पुल प्रयोग गर्ने सभ्य समाज पनि निर्माण गर्नुपर्छ, त्यसैले पाठ्यक्रममा सभ्य समाजको परिकल्पना पनि गरिएको छ, उनले भने ।’

चन्द्रागिरि नगरपालिकामा सामुदायिक, निजी, गुरुकुल र पौढ शिक्षा गरेर ७५ विद्यालय रहेको छ । जसमा सामुदायिक विद्यालयका संख्या २४ रहेको छ ।

११ जनाको विज्ञ टोलिले पाठ्यक्रम निर्माण गरिरहेको पनि उनले जानकारी दिए । ‘पाठ्यक्रमको लगभग सबै काम सकिएर नगरसभाले पास गर्ने प्रक्रियामा अघि बढेको छ । पास हुना साथ विद्यालयमा पठनपाठन गर्ने गरी तयारी गरिरहेका छौँ’,उनले भने ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १२ : ०१ बजे

मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत एमाले जाने

काठमाडौं– जेन-जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई लिएर नेकपा

बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा

नेपालगञ्ज– किसानलाई आवश्यक पर्ने रासायनिक मल बाँकेमा मौज्दात रहे पनि वितरण

सशस्त्रले नियन्त्रणमा लिएका ७७९ विद्युतीय गाडीबारे सरकारले बनायो छानबिन समिति

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट

सगरमाथा क्षेत्रमा एक सातापछि जीवितै भेटिएका शेर्पाको स्वास्थ्यमा सुधार 

काठमाडौं– सगरमाथा आधार शिविरमा बेपत्ता भएर एक सातापछि जीवितै उद्धार

सुधन गुरुङबारे छानबिन समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन 

काठमाडौं – तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन