चन्द्रागिरि नगरपालिकाले आगामी शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागु गर्ने « Khabarhub

चन्द्रागिरि नगरपालिकाले आगामी शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागु गर्ने


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार हरेक स्थानीय तहले एउटा स्थानीय विषय बस्तुसम्बन्धी वा मातृभाषिक सीपको पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने हुन्छ ।

सोही अनुसार आगामी शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रमको पठनपाठन सञ्चालन गर्ने गरी चन्द्रागिरि नगरपालिकाले तयारी गरिरहेको छ ।

पाठ्यक्रममा नगरपालिकाको आर्थिक, सामाजिक, भौगोलिक, धार्मिक, ऐतिहासिक, राजनीतिक,चाड पर्व, मठ मन्दिर लगायतका सम्पूर्ण विषयलाई समेटिएको नगरप्रमुख घनश्याम गिरिले बताए । उनले भने,‘नगरपालिको पूर्ण परिचय आउने गरी पाठ्यक्रम तयार गरेका छौँ । ’

नगरपालिकामा रहेका खोला नालादेखि मठमन्दिर लगायत सम्पूर्ण ऐतिहासिक विषयलाई समेट्दा पाठ्यक्रम निर्माण गर्न केही ढिला भएको उनले बताए ।

नगरपालिकाको मौलिकता झल्काउने स्थानीय तहका सम्पूर्ण विषय समेटिएको उनले जानकारी दिए ।

उनले भने, ‘राष्ट्रिय पाठ्यक्रममा मुख्य मुख्य विषयहरुलाई समेटिएको हुन्छ तर स्थानीय पाठ्यक्रममा टोलको एउटा मन्दिर पनि प्रमुख हुन्छ ।’

पाठ्यक्रममा कुन कुरा दिन सक्यो भने अनुशासित र सभ्य समाज निर्माण हुन्छ भन्ने विषयलाई पनि ध्यानमा राखेर पाठ्यक्रम तयार गरिएको उनले बताए ।

उनका अनुसार पाठ्यक्रममा ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात कसरी प्रयोग गर्न भन्ने विषयलाई पनि समेटिएको छ ।

‘आकाशे पुल मात्र बनाएर हुदैँन्, त्यो पुल प्रयोग गर्ने सभ्य समाज पनि निर्माण गर्नुपर्छ, त्यसैले पाठ्यक्रममा सभ्य समाजको परिकल्पना पनि गरिएको छ, उनले भने ।’

चन्द्रागिरि नगरपालिकामा सामुदायिक, निजी, गुरुकुल र पौढ शिक्षा गरेर ७५ विद्यालय रहेको छ । जसमा सामुदायिक विद्यालयका संख्या २४ रहेको छ ।

११ जनाको विज्ञ टोलिले पाठ्यक्रम निर्माण गरिरहेको पनि उनले जानकारी दिए । ‘पाठ्यक्रमको लगभग सबै काम सकिएर नगरसभाले पास गर्ने प्रक्रियामा अघि बढेको छ । पास हुना साथ विद्यालयमा पठनपाठन गर्ने गरी तयारी गरिरहेका छौँ’,उनले भने ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १२ : ०१ बजे

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी

दार्चुलामा आइतबार बिहानै भूकम्प

बैतडी- दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु

हुल बाँधेर अस्पतालमा बिरामी भेट्न जानु कति उचित ?

बिरामी भएर अस्पताल भर्ना भएका परिवार, इष्टमित्र वा साथी भाइ

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत आयोजना सञ्चालन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा