गण्डकीमा अहिले पनि नेकपाकै माननीय ! « Khabarhub

गण्डकीमा अहिले पनि नेकपाकै माननीय !



पोखरा- गण्डकी प्रदेशसभामा नेकपा एमाले र माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्यहरु अझै पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै माननीयको हैसियतमा रहेका छन् ।

गण्डकी प्रदेशको प्रदेश सभा सचिवालयले प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित ४० जना प्रदेश सभा सदस्यहरुलाई नेकपाकै माननीयबाट अझै हटाएको छैन ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई मान्यता नदिएर पूर्ववत पार्टीकै हैसियतमा रहेको बताइदिएपछि पनि प्रदेशसभा सचिवालयले आफ्नो आधिकारिक वेवसाइटमा अझै पनि सच्चाएको छैन ।

यस्तै, गण्डकी प्रदेशमा २ जना तत्कालिन नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका थिए । नयाँ शक्ति पार्टी समाजवादी पार्टी हुँदै जनता समाजवादी पार्टी बनिसके पनि उनीहरुलाई पनि अहिलेसम्म नयाँ शक्ति पार्टीकै माननीयको हैसियतमा राखिएको छ ।

सचिवालयले पटक पटक वेवसाइट अपडेट गरे पनि यसबारेमा भने बेवास्ता गरेको छ । सचिवालयको यसअघिको वेवसाइटलाई परिमार्जनसमेत गरेको छ भने पुनः नयाँ वेबसाइट बनाइएको छ ।

गण्डकी प्रदेशसभाका ६०जना सदस्यमध्ये नेकपा एमालेबाट २७ जना निर्वाचित भएका हुन् । ती मध्ये बाग्लुङका एक जना सांसद मात्रै माधव नेपाल पक्षमा छन् । नेकपा माओवादी केन्द्रबाट गण्डकी प्रदेशसभामा १२ जना निर्वाचित भएका हुन् ।

स्वतन्त्रबाट निर्वाचित भएका राजीव गुरुङ् पनि एमालेमै प्रवेश गरेका थिए । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता अवैध भएपछि पनि प्रदेश सचिवालयले नेकपाकै माननीयको हैसियतमा राख्दै आएको छ ।

प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राष्ट्रिय जनमोर्चाका ३ सांसद छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै