बसन्तपुर क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरको माइकिङ « Khabarhub

बसन्तपुर क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरको माइकिङ


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर, हुनमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजनका संरचना हटाउन आग्रह गर्दै काठमाडौँ महानगरपालिकाले माइकिङ गरेको छ ।

पुरातत्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै महानगरपालिकाले माइकिङ गर्दै अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजनका संरचना हटाई सहयोग गर्न आग्रह गरेको हो ।

‘विभागलाई हामीले पटक–पटक मौखिक र लिखित रुपमा आग्रह गर्‍यौँ तर, उहाँहरूले ढिलासुस्ती गरेपछि हामीले बाध्य भएर सम्पदा मासेर अनधिकृत व्यापार गरिहेका व्यापार–व्यवासायीहरूलाई ती स्थान खाली गर्न आग्रहसहित माइकिङक गरेका हौँ,’ ‘काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख धनपती सापकोटाले भने, ‘वारुण यन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरहरू सञ्चालित छन् । उहाँहरूले आफैँ हटाउन मान्नु भएन भने हामी हाम्रो ढंगबाट अघि बढ्छौँ ।’

सम्पदा बचाउने सबै भन्दा जिम्मेवार निकाय पुरातत्व विभाग रहेको र विश्व सम्पदा सूचीमा सूचिकृत स्थानमै पुरातत्वले सम्पदा मासेर आम्दानी गर्न थाल्दा अन्त पनि काम गर्न कठिन हुने भन्दै (काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य नै निर्देशन दिएअनुसार प्रक्रिया अघि बढाएको सापकाटोको भनाई छ ।

स्थानीय बासिन्दाले समेत पटक–पटक त्यहाँको मौलिकता कायम गर्न महानगरपालिकासँग आग्रह गरेकाले महानगर प्रमुख शाक्यले अनधिकृत संरचना हटाउन निर्देशन दिएका हुन् ।

सापकोटाले भने, ‘स्थानीयको समेत माग सम्बोधन गर्दै महानगरपालिकाले पुरातत्वलाई दोस्रो ताकेतापत्र समेत पठाइसकेको र त्यो ताकेतालाई पनि बेवास्था गरेपछि हामी अघि बढेका हौँ ।’

काठमाडौँ महानगरपालिकाकाले यहि माघ १४ गते अनधिकृत प्रयोजनका संरचना हटाइदिन आग्रह गर्दै पुरातत्वलाई पत्र पठाएको थियो । त्यसपछि अनधिकृत व्यापार–व्यवसाय हटाई त्यहाँको ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वलाई कामय राख्न ताकेता गर्दै पुनः चैत ५ गते प्रथम ताकेता पत्र पठाई पुरातत्वलाई स्मरण गराएको थियो ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले काठमाडौँ महानगरपालिकाको प्रयासलाई सकारात्मक रुपमा लिएको बताए । साथै सो क्षेत्र पुरातत्वको क्षेत्राधिकार भित्र पर्ने हुँदा समस्या समाधानका लागि प्रयास जारी राखेको जानकारी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ३ : ०५ बजे

पूर्वाधार विकास समितिका अध्यक्ष गजुरेलको केन्द्रीय सदस्यमा उम्मेदवारी, पाँच एजेन्डा अघि सारे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वाधार विकास समितिका अध्यक्ष

आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

एजेन्सी– अमेरिकाको क्यालिफोर्निया राज्यका एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई देशभरका

वीरेन्द्रनगर नगरपालिकाको बजेट चार अर्ब ७१ करोड

काँक्रेविहार– कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका

होल्डिङ सेन्टरबाट पनि लखेटिँदै सुकुम्वासी, उचित व्यवस्थापनको विकल्पबिना ठाउँ नछाड्ने अडान

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरका सुकुम्वासीले दीर्घकालीन समाधानबिना हटाउन खोजिएको