सानु शिवाको स्थानमा जानकीदेवीलाई सांसद् बनाउने एमालेको निर्णय « Khabarhub

सानु शिवाको स्थानमा जानकीदेवीलाई सांसद् बनाउने एमालेको निर्णय


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)ले सांसद सानु शिवाको निधनपछि रिक्त स्थानमा जानकीदेवी रामलाई सांसद बनाउने निर्णय गरेको छ । प्रतिनिधि सभामा एमालेका तर्फबाट समानुपातिक सांसद बनेको शिवाको केही समय पहिले निधन भएको थियो।

एमालेको पछिल्लो अन्तरपार्टी निर्देशनमा जानकीदेवी रामलाई समानुपातिक सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा लेखि पठाउने निर्णय भएको उल्लेख छ।

निर्वाचन आयोगमा प्रतिनिधि सभातर्फ बन्दसूचीको उम्मेदवारमा नाम समावेश दलित महिला तर्फकी धनकुमारी सुनारले पार्टी परित्याग गरी अर्को पार्टी प्रवेश गरेकाले प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा ३० (१) बमोजिम उनको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको एमालेले जनाएको छ।

बन्दसूचीमा धनकुमारी भन्दा अघि नाम रहेकी आशाकुमारी विक भने अहिले सांसद नै छिन्।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ३ : ३० बजे

सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

काठमाडौं- नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला गत भदौको

समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनताले तत्काल महसुस

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा एकसाथ आधा दर्जन समस्या, के भन्यो शिक्षण अस्पतालले ?

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको

चार करोड ११ लाखमा मोहना नदीमा तटबन्ध निर्माण

टीकापुर– वर्षौँदेखि नदी कटानको त्रासमा रहेका कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित

स्वास्थ्य शिविमा चार सय जनाको निःशुल्क उपचार

पर्वत– फलेवास देवीस्थानस्थित जनता माध्यमिक विद्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा