सरकार र थारुवान संयुक्त सङ्घर्ष समितिबीच वार्ता « Khabarhub

सरकार र थारुवान संयुक्त सङ्घर्ष समितिबीच वार्ता


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकार र विभिन्न माग राखेर आन्दोलनरत थारु कल्याणकारीसभा, थारुहट–थारुवान संयुक्त सङ्घर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिबीच वार्ता भएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा बनेको सरकारी वार्ता टोली र आन्दोलनरत समितिबीच आज गृह मन्त्रालयमा पहिलो चरणको वार्ता शुरु भएको गृह मन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहेका छन् । यस्तै, थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी र प्रभात चौधरी सदस्य छन् ।

वार्तामा सङ्घर्ष समितिले सरकारसँग राखेको टिकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायत माथि लगाईएको मुद्दा फिर्ता गरिनुपर्ने, आन्दोलनको क्रममा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्थासहितका १९ बुँदे मागमाथि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ४ : ११ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः