जनआन्दोलनका उपलब्धिलाई उल्ट्याउन ‘प्रतिक्रियावादी शक्तिहरू’ सक्रिय भए : प्रचण्ड « Khabarhub

जनआन्दोलनका उपलब्धिलाई उल्ट्याउन ‘प्रतिक्रियावादी शक्तिहरू’ सक्रिय भए : प्रचण्ड


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउन प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको बताएका छन् ।

२० औं जेल ब्रेक दिवसको अवसरमा मंगलबार अखिल नेपाल महिला संघ क्रान्तिकारीले माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा प्रचण्डले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउन प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेकाले आवश्यक परे मर्नका लागि तयार रहन कार्यकर्ताहरूसँग अपिल गरे ।

प्रचण्डले संविधान र लोकतान्त्रिक गणतन्त्र नै समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै त्यो षड्यन्त्रबाट प्रधानमन्त्री केपी शर्मा ओली नै परिचालित हुँदा परिस्थिति जटिल बनेको जिकिर गरे । प्रचण्डले प्रधानमन्त्री केपी ओली प्रतिक्रियावादी शक्तिबाटै प्रयोग भइरहेको पनि आरोप लगाए । पार्टी नेतृत्वको वरपर जाली फटाहाहरू हाबी भएको र त्यसमा आफ्नो पनि केही कमजोरी भएको उनले स्वीकार गरे । त्यस्तै, प्रचण्डले सर्वोच्च अदालतले दल विभाजन गर्ने अप्राकृतिक फैसला गरेका कारण पुनरवलोकनमा गएको बताए । माग एउटा फैसला अर्कै आएको भन्दै यसलाई देश–दुनियाँले हेरिरहेको उनको भनाई छ ।

उनले संसदीय दलको बैठकको बहुमतबाट ओलीलाई दलको नेताबाट हटाएर संसद्मा निर्णय दर्ता गराएको भन्दै दर्ता गरेर बाहिर नआउँदै सर्वोच्चले आदेश दिएर ओलीलाई नै स्थापित गरिदिएको बताए । त्यस्तै, उनले २०५७ सालमा जेलब्रेक गर्ने कमला नहार्की, रीता र सहिद मिना मरहट्टाका पिता नरनात मरहट्टा लगायतलाई सम्मान गरे ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ४ : २९ बजे

दुई सातादेखि बेपत्ता थिङको शव फेला

काठमााडौं- विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१

सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

काठमाडौं- नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला गत भदौको

समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनताले तत्काल महसुस

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा एकसाथ आधा दर्जन समस्या, के भन्यो शिक्षण अस्पतालले ?

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको

चार करोड ११ लाखमा मोहना नदीमा तटबन्ध निर्माण

टीकापुर– वर्षौँदेखि नदी कटानको त्रासमा रहेका कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित