हिमालयन बैंकको एचबीएल डलर प्रीपेड कार्ड सेवा शुरु « Khabarhub

हिमालयन बैंकको एचबीएल डलर प्रीपेड कार्ड सेवा शुरु


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमालयन बैंक लिमिटेडले अन्तराष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘एचबीएल डलर प्रीपेड कार्ड’ सुविधा प्रचलनमा ल्याएको छ ।

यस सुविधा अन्तर्गत हिमालयन बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँच सयसम्मको प्रीपेड कार्ड सुविधा प्राप्त गर्न सक्दछन् ।

यस कार्ड सुविधाबाट खातावालाहरुले भारत बाहेक अन्य देशहरुको ई–कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबर सम्मको वस्तु तथा सेवा खरिद गरी अनलाइन भुक्तानी गर्न सक्नेछन् । इच्छुक ग्राहकहरुले यस सेवाका लागि आफू नजिकैको शाखा वा मुख्य कार्यालय कमलादीमा रहेको कार्ड विभागमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

हाल बैंकले ७१ शाखा, ४ विस्तारित काउन्टर, १४६ एटीएम र ४२०० भन्दा बढी पीओएस टर्मिनल्समार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  २ : १५ बजे

दुई सातादेखि बेपत्ता थिङको शव फेला

काठमााडौं- विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१

सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

काठमाडौं- नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला गत भदौको

समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनताले तत्काल महसुस

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा एकसाथ आधा दर्जन समस्या, के भन्यो शिक्षण अस्पतालले ?

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको

चार करोड ११ लाखमा मोहना नदीमा तटबन्ध निर्माण

टीकापुर– वर्षौँदेखि नदी कटानको त्रासमा रहेका कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित