सिभिल बैंकले वित्तीय साक्षरता कार्यक्रम गरी मनायो ‘ग्लोबल मनी विक’ « Khabarhub

सिभिल बैंकले वित्तीय साक्षरता कार्यक्रम गरी मनायो ‘ग्लोबल मनी विक’


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अघि बढेको सिभिल बैंकले वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी ‘ग्लोबल मनी विक’ मनाएको छ ।

२०२१ मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी रुपमा विविध वित्तीय साक्षरता कार्यक्रमहरुका साथै अन्य कार्यक्रमहरुको आयोजना गरेको हो ।

बैंकले “ग्लोबल मनी विक”को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतना मुलक विविध वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना मनाएको हो ।

प्रदेश नं १ को बिराटनगर स्थित अर्किड कलेजमा वित्तीय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी, प्रदेश नं २को जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीहरुमा क्यू आर कोड मार्फत भुक्तानीको थालनी गरेको हो ।

बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तीय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी, गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तीय साक्षरता कार्यक्रम, लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम तथा तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम गरेको थियो ।

यसैगरी कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम र सुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा तथा भजनीमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरीएको थियो ।

यसको अलावा बैंकले विद्युतीय कारोवारका सात प्रमुख विद्युतीय माध्यमहरु (मोवाइल एप, क्यू आर कोड, एटिएम, ईन्टरनेट बैंकिंग, कनेक्ट आईपीयस, पीओयस र डिजिटल वालेट)काबारेमा श्रब्य दृश्य सामाग्री तयार गरी आफ्नो सामाजिक संजालमार्फत प्रसारण पनि गरेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १ : ३४ बजे

दुई सातादेखि बेपत्ता थिङको शव फेला

काठमााडौं- विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१

सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

काठमाडौं- नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला गत भदौको

समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनताले तत्काल महसुस

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा एकसाथ आधा दर्जन समस्या, के भन्यो शिक्षण अस्पतालले ?

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको

चार करोड ११ लाखमा मोहना नदीमा तटबन्ध निर्माण

टीकापुर– वर्षौँदेखि नदी कटानको त्रासमा रहेका कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित