आज शेयर बजार नेप्सेमा ३२ अंकको सुधार « Khabarhub

आज शेयर बजार नेप्सेमा ३२ अंकको सुधार


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ३२.१५ बिन्दुले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा सुधार आएर दुई हजार ५७५.६६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१९ ले उकालो लागेर ४५६.१० मा पुगेको छ ।

कूल २०९ कम्पनीको एक करोड २२ लाख नौ हजार ९२६ कित्ता शेयर रु ६ अर्ब १८ करोड ५६ लाख ५८ हजार ४९८ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोवारपश्चात बजार पूँजीकरण रु ३५ खर्ब ५७ अर्ब ११ करोड १२ लाख ५० हजारको हाराहारीमा पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा ११ उपसमूहको शेयर भने उकालो लागेको छ ।

व्यापार २९.७ र उत्पादन ०.२२ ले ओरालो लागेको छ । बैंकिङ ८.६८, होटल र पर्यटन ११२.९, विकास बैंक ७.७९, जलविद्युत् ९५.९८, वित्त २.३३, निर्जीवन बीमा ३९८.३२, अन्य १०.५१, लघुवित्त १४९.६८, जीवन बीमा १८६.०८, सामूहिक लगानी कोष ०.१८ र लगानी ०.३७ बिन्दुले उकालो लागेको छ । कारोवारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४८ करोड ९४ हजार २७१ बराबरको कारोवार भयो ।

यस्तै निर्धन उत्थान लघुवित्त रु ४३ करोड ६९ लाख २७ हजार ९९९, एनएलजी इन्स्युरेन्स रु ३३ करोड १६ लाख ५० हजार ७०३, माथिल्लो तामाकोशी रु २८ करोड ९७ लाख १७ हजार ९३५, एचआइडिसिएल रु २८ करोड १६ लाख, चन्द्रागिरि हिल्स रु १६ करोड २३ लाख १३ हजार ७५५, छिमेक लघुवित्त विकास बैंक रु १५ करोड ३० लाख ३९ हजार ८१२, नबिल बैंक रु ११ करोड ९८ लाख २२ हजार, लुम्बिनी जनरल इन्स्योरेन्स रु ११ करोड ६० लाख र आइएमई जनरल इन्स्योरेन्स रु ११ करोड ४८ लाख २८ हजार २४५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

त्यस्तै कारोवारका आधारमा बोमी लघुवित्तका शेयरधनीले ९.९९ प्रतिशतले कमाए । सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । सानिमा जनरल इन्स्योरेन्स ९.९७, जनरल इन्स्योरेन्स ९.९४, अजोड इन्स्योरेन्स ९.९२, समिट लघुवित्त वित्तीय संस्था ९.५६, स्वाभिमान लघुवित्त ९.४७, प्रभु लाइफ इन्स्योरेन्स ८.६१, माथिल्लो तामाकोशी ८.३८, एचआइसिएल ८ र आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले ७.९१ प्रतिशतले कमाए ।

युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.३३, नेपाल पूर्वाधार बैंक २.३१, एनआइसि एशियाको ऋणपत्र १.९८, रिडी हाइड्रोपावर १.९१, पाँचथर पावर कम्पनी १.७५, गुडविल फाइनान्स १.५६, प्रोगेसिभ फाइनान्स १.२५ र तारागाँउ रिजेन्सी होटलका शेयरधनीले १.२३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ५ : ५८ बजे

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र