घरको जग खन्ने क्रममा ढिस्कोले पुरिँदा एक जनाको मृत्यु « Khabarhub

घरको जग खन्ने क्रममा ढिस्कोले पुरिँदा एक जनाको मृत्यु


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीमा घरको जग खन्ने क्रममा ढिस्को खसेर पुरिँदा एक जनाको ज्यान गएको छ ।

स्थानीय दिपेन्द्र घोरासैनीको घरको जग खन्ने क्रममा ढिस्को खसेर पुरिँदा काठमाडौं मुलपानी बस्ने दोलाखा जिरी नगरपालिका-२ घर भएका २० वर्षीय इन्द्रबहादुर गुभाजुको मंगलबार बिहान मृत्यु भएको हो ।

ढिस्कोले पुरिएर गम्भीर घाइते भएका उनको शंखरपुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै सोही ढिस्कोमा पुरिएर मुलपानी बस्ने उदयपुर घर भएका ३५ वर्षीय धनबहादुर मगर घाइते भएका छन् । उनको पनि शंखरपुर अस्पतालमा उपचार भईरहेको छ ।

घरधनी र ठेकदारलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : ३१ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई