घरको जग खन्ने क्रममा ढिस्कोले पुरिँदा एक जनाको मृत्यु « Khabarhub

घरको जग खन्ने क्रममा ढिस्कोले पुरिँदा एक जनाको मृत्यु


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीमा घरको जग खन्ने क्रममा ढिस्को खसेर पुरिँदा एक जनाको ज्यान गएको छ ।

स्थानीय दिपेन्द्र घोरासैनीको घरको जग खन्ने क्रममा ढिस्को खसेर पुरिँदा काठमाडौं मुलपानी बस्ने दोलाखा जिरी नगरपालिका-२ घर भएका २० वर्षीय इन्द्रबहादुर गुभाजुको मंगलबार बिहान मृत्यु भएको हो ।

ढिस्कोले पुरिएर गम्भीर घाइते भएका उनको शंखरपुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै सोही ढिस्कोमा पुरिएर मुलपानी बस्ने उदयपुर घर भएका ३५ वर्षीय धनबहादुर मगर घाइते भएका छन् । उनको पनि शंखरपुर अस्पतालमा उपचार भईरहेको छ ।

घरधनी र ठेकदारलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : ३१ बजे

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण