पत्रकार महासंघमा प्रगतिशील समूहबाट निर्मला शर्माको नेतृत्वमा टिम घोषणा « Khabarhub

पत्रकार महासंघमा प्रगतिशील समूहबाट निर्मला शर्माको नेतृत्वमा टिम घोषणा


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पत्रकार महासंघको यही २५ गते हुने २६ औं अधिवेशनमा प्रगतिशील, समावेशी र राष्ट्रियताप्रति प्रतिबद्ध व्यावसायिक पत्रकारहरूले निर्मला शर्माको नेतृत्वमा प्यानल घोषणा गरेको छ ।

काठमाडौँ बागबजारस्थित होटल हार्दिकमा मंगलबार आयोजित सभामा उम्मेदवारको नाम सार्वजनिक गरिएको हो ।

नेपाल पत्रकार महासंघको इतिहासमै पहिलोपटक पत्रकार महिलाले नेतृत्व गरेको घोषित उम्मेदवारहरूमा अध्यक्षमा वरिष्ठ पत्रकार निर्मला शर्मा रहेकी छन् । महासंघको वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष महिलामा दाना केसी सुवेदी र समावेशी उपाध्यक्षमा अवधेश झा उम्मेदवार छन् ।

महासंघको महासचिव उम्मेदवारमा भने युवा पत्रकार बालकृष्ण बस्नेत खडा भएका छन् । त्यस्तै सचिवहरूमा रामकृष्ण ज्ञवाली खुला, निमा काफ्ले (महिला), स्वेता सिन्हा (मधेशी), शाहीमान राई (आदिवासी), मधु शाही (दलित) र रामेश्वर कार्की (एसोसिएट)मा प्रतिस्पर्धा गर्ने छन् ।

त्यसैगरी महासंघको आगामी कोषाध्यक्षका लागि कृष्ण गिरी र लेखा समिति संयोजकमा द्वारिका काफ्ले पत्रकारितासँग सम्बन्धित विभिन्न ९ वटा संस्थाको संयुक्त उम्मेदवारका रुपमा खडा भएका छन् ।

संयुक्त उम्मेदवार घोषणासभामा संगठनहरूको ७ बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गरिएको छ । सो संयुक्त घोषणापत्रमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल, मिडिया नेपालका गोपाल पौडेल, जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विकले हस्ताक्षर गरेका छन् ।

यसैगरी, घोषणापत्रमा दैनिक पत्रिका सञ्जालका महासचिव रामचन्द्र खड्का, व्यवसायिक पत्रकार महासंघका अध्यक्ष डा. केशव देवकोटा, नेपाल लेखक पत्रकार समाजका महासचिव प्रेम कार्की, पिपुल्स भोलिन्टियर्स जर्नालिस्ट फोरमका सहसंयोजक नारायणप्रसाद शर्मा र अपांग पत्रकार संघका योगेन्द्रप्रताप शाहीले पनि हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : १६ बजे

ज्ञापनपत्र बुझाउँदै एमालेले भन्यो : गौरीबहादुर कार्कीको प्रतिवेदन खारेज गर

भैरहवा- नेकपा (एमाले) रुपन्देहीले पार्टी अध्यक्ष केपी शर्मा ओली तथा

खरिद ऐन संशोधन हुने कुराले व्यवसायी खुसी, ३७ टेबल धाउनुपर्ने बाध्यता हट्ने आशा

काठमाडौं- नवगठित बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले शनिबार सय बुँदे

भारतीय प्रधानमन्त्री मोदी र साउदी अरेबियाका समकक्षीबीच फोनवार्ता, ऊर्जा संकटदेखि समुद्री जलमार्गबारे कुराकानी

नयाँ दिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरेबियाका युवराज

बाँकेमा अझै १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च

नेपालगञ्ज– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा उम्मेदवार

भारतसँग स्वास्थ्य मन्त्रीको विशेष सम्बन्ध, एआईआईएमएसले लेख्यो : हाम्रा लागि गर्वको क्षण

काठमाडौं- नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बनेको नयाँ सरकारमा