स्पष्टीकरण बुझाउँदै नेता पाण्डेले ओलीलाई लेखे- मलाई लगाएको आरोप तपाईंतिर सोझिन्छ « Khabarhub

स्पष्टीकरण बुझाउँदै नेता पाण्डेले ओलीलाई लेखे- मलाई लगाएको आरोप तपाईंतिर सोझिन्छ


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ पठाउँदै आफूमाथि लगाइएका आरोपहरू झूटो भएको बताएका छन् ।

मंगलबार अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै स्पष्टीकरणको जवाफ पठाएका नेता पाण्डेले भनेका छन्, ‘तपाईंले मलाई आरोपका रुपमा विभिन्न प्रश्नहरु तेर्स्याउनुभएको छ । प्रश्नहरू हेर्दा तपाईंमाथि नै धेरै प्रश्न सोझिएका छन् ।’

आफूलाई प्रचण्डको मतियार भन्ने आरोप लगाउनु हाँस्यास्पद भएको पाण्डेले बताएका छन् । प्रचण्डसँग १५ असोज २०७४ मा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने र सिट बाँडफाँट गर्ने तथा ३ जेठ २०७५ मा पार्टी एकता गर्दा आलोपालो अध्यक्ष र आधाआधा प्रधानमन्त्री हुने गोप्य सहमति ओली आफैंले गरेको भन्दै उनले भनेका छन्, ‘अब तपाईं आफैं भन्नुस्, प्रचण्डको मतियार तपाईं हो कि अरु कोही ?’

साबिकको नेकपामा २८ कात्तिकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव तयार गर्न भूमिका खेलेको आरोप पनि झूटो भएको उनले बताएका छन् ।

पार्टी निर्देशन विपरीत कार्यकर्ता भेला गरेर समानान्तर कमिटी बनाउनुलाई उनले बाध्यात्मक कदम भनेका छन्।

यस्तो छ पाण्डेले पठाएको स्पष्टीकरण पत्र

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ७ : ३२ बजे

संविधान संशोधनको जिम्मा पाएका अशिम कुनै बेला भन्थे, ‘राजा आऊ, देश बचाऊ’

काठमाडौं- अशिम शाह अहिले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार

मध्यपूर्व तनाव चर्किँदै, क्षेत्रीय सुरक्षालाई गम्भीर चुनौती

एजेन्सी– मध्यपूर्वमा फैलिएको युद्ध बहुआयामिक र थप जटिल बन्दै गएको

शेखर आएपछि सुरु भयो कांग्रेस पूर्णबहादुर पक्षको बैठक

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सुरु भएको छ । 

इन्डोनेसियामा डुङ्गा डुब्दा फसेका चालक दलका सबै सदस्यको जीवितै उद्धार

जकार्ता– इन्डोनेसियाको उत्तरी मालुकु प्रान्तको तालियाबुमा डुङ्गा डुब्दा फसेका २१

यस्तो देखियो कांग्रेस देउवा समूहको भेला (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसमा दुई समूहको झगडा सतहमा आएको छ। फागुन २१