बाल यौन दुराचारको आरोपमा विदेशी पक्राउ « Khabarhub

बाल यौन दुराचारको आरोपमा विदेशी पक्राउ


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिक पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले अमेरिकन नागरिक माइकल नर्मन टेलरलाई मंगलबार पक्राउ गरेको हो ।

निकै अघिदेखि खोजीको सूचीमा रहेका उनलाई मंगलबार कास्कीको पोखरा महानगरपालिका–१८ स्थित होमस्टेमा बसिरहेका बेला ब्यूरोको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको जनाएको छ ।

उनले अमेरिका रहँदादेखि नै बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक सञ्जालमार्फत नियमित सम्पर्क गर्ने गरेको भन्ने सूचनाका आधारमा ब्यूरोले उनलाई खोजी गरिरहेको थियो ।

उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको र सन् २०१९ मा तीन बालबालिकालाई बालयौन दुराचार गरेको भन्दै पीडितबाट जाहेरी परेको छ ।

उनको साथबाट प्रहरीले चार हजार ६०० अमेरीकी डलर, ल्यापटप तथा मोबाइल बरामद गरेको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिइन् ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : ०१ बजे

ज्ञापनपत्र बुझाउँदै एमालेले भन्यो : गौरीबहादुर कार्कीको प्रतिवेदन खारेज गर

भैरहवा- नेकपा (एमाले) रुपन्देहीले पार्टी अध्यक्ष केपी शर्मा ओली तथा

खरिद ऐन संशोधन हुने कुराले व्यवसायी खुसी, ३७ टेबल धाउनुपर्ने बाध्यता हट्ने आशा

काठमाडौं- नवगठित बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले शनिबार सय बुँदे

भारतीय प्रधानमन्त्री मोदी र साउदी अरेबियाका समकक्षीबीच फोनवार्ता, ऊर्जा संकटदेखि समुद्री जलमार्गबारे कुराकानी

नयाँ दिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरेबियाका युवराज

बाँकेमा अझै १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च

नेपालगञ्ज– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा उम्मेदवार

भारतसँग स्वास्थ्य मन्त्रीको विशेष सम्बन्ध, एआईआईएमएसले लेख्यो : हाम्रा लागि गर्वको क्षण

काठमाडौं- नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बनेको नयाँ सरकारमा