नेता मानन्धरको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त « Khabarhub

नेता मानन्धरको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका नेता विष्णुबहादुर मानन्धरको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत स्वर्गीय मानन्धरप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी हुन् । राष्ट्रपतिले शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेकी छन् । नेता मानन्धरको सोमबार साँझ निधन भएको हो ।

यसैबीच वामपन्थी नेता मानन्धरको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवङ्गद नेता मानन्धरको शवमाथि पार्टीको झण्डा ओढाए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, गणेश साहलगायतले अन्तिम श्रद्धाञ्जलि व्यक्त गरे ।

अपूरणीय क्षति : अध्यक्ष दाहाल

माओवादी केन्द्रका अध्यक्ष दाहालले नेता मानन्धरको निधनले नेपालको सिङ्गो किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताएका छन् । अध्यक्ष दाहालले शोक वक्तव्यमार्फत नेता मानन्धरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

नेता मानन्धरले विसं २००७ मा आफ्नै घरबाट विद्रोहको विगुल फुकेको स्मरण गर्दै अध्यक्ष दाहालले विसं २००९ को रौतहटको चर्चित किसान आन्दोलनमा अग्रणी भूमिका खेलेको बताएका छन् । नेपालको वामपन्थी आन्दोलनमा नेता मानन्धरले पुर्‍याएको योगदान सधैँ स्मरणीय रहिरहने अध्यक्ष दाहालको भनाइ छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ८ : ३५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा