सरकारले बन्दको निर्णय गरे पनि गण्डकी प्रदेशका शैक्षिक संस्था खुले « Khabarhub

सरकारले बन्दको निर्णय गरे पनि गण्डकी प्रदेशका शैक्षिक संस्था खुले


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका पहाडी जिल्लाका अधिकांश विद्यालयको पठनपाठनमा वायु प्रदूषणले प्रभाव पारेन ।

सरकारले देशैभर वायु प्रदूषण बढेको भन्दै मंगलबारदेखि चार दिन विद्यालय बन्द गर्न निर्देशन दिए पनि गण्डकीका नवलपुर र कास्कीबाहेकका जिल्लामा विद्यालय सञ्चालन गरिएका छन् ।

सरकारले चार दिन विद्यालय बन्द गर्न निर्देशन दिएलगत्तै सोमबार नै तनहुँको भिमाद नगरपालिकाले वायु प्रदुषणको प्रभाव नरहेको भन्दै विद्यालय नियमित सञ्चालन गर्ने निर्णय गरेको थियो ।

मंगलबार बागलुङ सदरमुकाम रहेको बागलुङ नगरपालिका र बरेङ गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गरी विद्यालय नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । वायु प्रदुषणको खासै असर नपरेको भन्दै विद्यालय नियमित सञ्चालन गर्न दुई पालिकाले निर्देशन दिएका हुन् ।

वायु प्रदूषणको असर नदेखिएको तथा लामो समयदेखि कोरोनाका कारण विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएको र विस्तारै शिक्षण सिकाई क्रियाकलापहरू शुरू भएको हुँदा स्वास्थ्य सुरक्षा अपनाएर पठनपाठनलाई निरन्तरता दिनुपर्ने निर्णय गरिएको बागलुङ्का नगर शिक्षा अधिकारी डण्डपाणी शर्माले जानकारी दिए ।

यस्तै, बागलुङकै बरेङ गाउँपालिकाको पाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको मङलबार बसेको बैठकले पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।

शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकामा समस्या पर्ने भन्दै आजदेखि चार दिनको लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ८ : २२ बजे

ज्ञापनपत्र बुझाउँदै एमालेले भन्यो : गौरीबहादुर कार्कीको प्रतिवेदन खारेज गर

भैरहवा- नेकपा (एमाले) रुपन्देहीले पार्टी अध्यक्ष केपी शर्मा ओली तथा

खरिद ऐन संशोधन हुने कुराले व्यवसायी खुसी, ३७ टेबल धाउनुपर्ने बाध्यता हट्ने आशा

काठमाडौं- नवगठित बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले शनिबार सय बुँदे

भारतीय प्रधानमन्त्री मोदी र साउदी अरेबियाका समकक्षीबीच फोनवार्ता, ऊर्जा संकटदेखि समुद्री जलमार्गबारे कुराकानी

नयाँ दिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरेबियाका युवराज

बाँकेमा अझै १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च

नेपालगञ्ज– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा उम्मेदवार

भारतसँग स्वास्थ्य मन्त्रीको विशेष सम्बन्ध, एआईआईएमएसले लेख्यो : हाम्रा लागि गर्वको क्षण

काठमाडौं- नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बनेको नयाँ सरकारमा