क्युटी बनिन् सर्वोत्कृष्ट डिजाइनर | Khabarhub Khabarhub

क्युटी बनिन् सर्वोत्कृष्ट डिजाइनर


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी) स्कुल अफ फेसनले आयोजना गरेको तेस्रो संस्करणको डिजाइनर प्रतियोगिता ‘ड्रेस टु इम्प्रेस–३’ मा क्युटी शाक्यले सर्वोत्कृष्ट डिजाइनरको उपाधि जितेकी छन् ।
प्रतियोगितामा उनले ९७ जना डिजाइनरलाई पछि पार्दै मुख्य उपाधि जितेकी हुन् ।

उपाधिसँगै उनले १५ हजार रुपैयाँ नगदका साथै ग्वार्को, ललितपुरमा केज फिटनेश सेन्टरको तर्फबाट २५ हजार रुपैयाँ बराबरको फिटनेस प्याकेजसमेत जितेकी छिन् । प्रतियोगितामा उमा राइका मगर ‘फस्ट रनरअप’ बन्दै १० हजार रुपैयाँ नगद तथा केज फिटनेस सेन्टरको तर्फबाट १७ हजार रुपैयाँ बराबरको फिटनेश प्याकेजसमेत पाएकी छिन् ।

प्रतियोगितामा राजनकुमार शाहले पाँच हजार रुपैयाँ नगद राशीसहित ‘सेकेण्ड रनर अप’को उपाधि पोल्टामा पारे । उनले उपाधिसहित केज फिटनेश सेन्टरबाट दश हजार रुपैयाँ बराबरको फिटनेस प्याकेज समेत पाएका छन् ।

उनी प्रतियोगिताका एक मात्र पुरुष फेसन डिजाइनरको रुपमा प्रतिस्पर्धी बनेका थिए । यो प्रतियोगितामा ‘लिडर अफ द इयर’को उपाधि फेसन प्रशिक्षकहरु सबिन ढुंगाना तथा सारिका राईले जितेका थिए ।

प्रतियोगितामा आईआईएफटीमा अध्ययनरत फेसन डिजाइनरका ९८ जना फेसन डिजाइनरका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

विपना थापाद्वारा कोरियोग्राफी गरिएको उक्त डिजाइनर प्रतियोगितामा मिस नेपालका आयोजक दिवाकरराज राजकर्णिका्, समाजसेवी उज्वलकृष्ण श्रेष्ठ, फेसन डिजाइनर महेश महर्जन, फेसन डिजाइन निभा श्रेष्ठ, सञ्चारकर्मी तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर, फोटो पत्रकार हरिगोपाल प्रधान, पर्यटन व्यवसायी मिलन शाक्य आदि निर्णायकको रुपमा रहेका थिए ।

प्यासिफिक इभेन्ट म्यानेज्मेन्टले व्यवस्थापन गरेको तथा सञ्चारकर्मी रोजिन शाक्यद्वारा सञ्चालित उक्त कार्यक्रममा गायक लाक्पा शेर्पाले आफ्नो सांगीतिक प्रस्तुत दिएका थिए भने विभिन्न कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

उक्त प्रतियोगिताको प्रमुख अतिथिमा ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष मनोज बहादुर न्याछ्यों रहेका थिए ।

यो प्रतियोगितामा डिजाइनरहरु आफैंले तयार पारेका पहिरनमा र्याम्पमा प्रस्तुत भएका हुन् ।

ग्राण्ड फिनालेमा विद्यार्थीहरुको प्रस्तुतति सोचे भन्दा उत्कृष्ट भएको आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पाले प्रतिक्रिया दिएका दिएका छन् ।

बागबजार प्लाजा तथा मानभवन, ललितपुरमा रहेको आईआईएफटीमा फेसन डिजाइनिङ कोर्ष गरेका विद्यार्थीहरुको आत्मविकास अविबृद्धि गर्ने उद्देश्यले ‘ड्रेस टु इम्प्रेस’का सुरुवात गरेको आईआईएफटीका निर्देशक शेर्पाले बताए ।

यसअघि सोनी श्रेष्ठ र महेश्वरीनाथ योगीले ‘ड्रेस टु इम्प्रेस’मा अवार्ड जितेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : १५ बजे

एमाले केन्द्रीय सदस्यलाई बोल्ने समय तीन मिनेट

काठमाडौं – जेनजी आन्दोलनपछि नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजबाट

नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित

जेनजी आन्दोलन : घाइतेको उपचार निःशुल्क, वर्गीकरण गर्न प्राविधिक समिति गठन

काठमाडौं – जेनजी आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क

बैंकहरूले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम

मुस्ताङमा एक अर्बभन्दा बढी मूल्यको स्याउ उत्पादन

मुस्ताङ– मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ ।