माओवादी छाडेका थापाले पाए एमाले गण्डकी सह–इन्चार्जको जिम्मेवारी « Khabarhub

माओवादी छाडेका थापाले पाए एमाले गण्डकी सह–इन्चार्जको जिम्मेवारी


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेकपा एमालेको गण्डकी प्रदेश सह–इन्चार्जको जिम्मेवारी बागलुङका नेता लिलाबहादुर थापामगरले पाएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमलाई स्वागत गरेका थिए ।

२०६३ सालमा राष्ट्रिय जनमोर्चामा रहेका थापा शान्ति प्रक्रियापछि तत्कालीन माओवादीमा लागेका थिए ।

एमाले ओली समूहकै नेता खगराज अधिकारीलाई हटाएर ओलीको कदमलाई साथ दिँदै माओवादी समूह छाडेका थापालाई प्रदेश सह–इन्चार्जको जिम्मेवारी दिइएको हो ।

यसअघि थापालाई राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवका लागि सिफारिस गरिएको थियो ।

जनमोर्चाबाट राजनीति शुरू गरेका थापा २०५४ सालमा तत्कालीन जिल्ला विकास समिति बागलुङ सभापति समेत भएका थिए ।

थापामगरसहित कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्याल र गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङलाई पनि सह–इन्चार्जको जिम्मा दिइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ८ : ५२ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः