प्रदेश प्रमुख डा. अहिराजले गरे ‘जलन पीडित’ बालबालिकालाई आर्थिक सहयोग « Khabarhub

प्रदेश प्रमुख डा. अहिराजले गरे ‘जलन पीडित’ बालबालिकालाई आर्थिक सहयोग


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश २ प्रमुख डा. राजेश अहिराजले ‘जलन पीडित’ दुई बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

प्रदेश प्रमुख अहिराजले पदभार ग्रहणपछिको पहिलो महिनाको पारिश्रमिक रकम (३२ हजार रुपैयाँ ) दुई जना जलन पीडित बालबालिकाहरुको उपचारका लागि सहयोग गरेका हुन् । कीर्तिपुर अस्पतालमा पुगेर उनले सो रकम हस्तान्तरण गरेका हुन् ।

विगत ७ वर्षदेखि एसिड पीडितहरुको उद्धार तथा उपचारमा सहयोग पुर्‍याउँदै आएका सामाजिक अभियन्ता उज्वल विक्रम थापाले ती बालबालिकाहरुको उपचारका लागि सहयोग गर्न आग्रह गरेपछि प्रदेश प्रमुख झाले उक्त सहयोग गरेका हुन् ।

‘प्रदेश प्रमुख झाले जनताको पैसा जनताकै सेवाका लागि खर्च गर्ने चाहना राख्नुभएको थियो, सोही बमोजिम आर्थिक सहयोग गरिएको हो,’ सामाजिक अभियन्ता थापाले भने, ‘आगोमा परी जलेका ती बालबालिकाहरुको उपचारमा सहयोग गर्नका लागि मैले सिफारिस गरेको हुँ । उनको सहयोगले बालबालिकाको उपचारमा ठूलो राहत पुग्ने विश्वास लिएको छु ।’

प्रदेश प्रमुख अहिराजले आगलागीमा परी घाइते भएकी सिन्धुलीकी गाङ्लेख–७ की २ वर्षीया बालिकाको उपचारका लागि नगद २० हजार सहयोग गरेका हुन् । बालिका वस्तुभाउका लागि पकाइएको कुँडोको भाँडोमा परेर जलेकी थिइन् ।

यसैगरी प्रदेश प्रमुख अहिराजले आगलागीमा परी घाइते बनेका वीरगंजका महानगरपालिका–६ का ३ वर्षीय बालकको उपचारका लागि १२ हजार नगद सहयोग गरेका हुन् । ती बालक घर नजिकै बच्चाहरुले फोहोर बालेको ठाउँमा परेर जलेका थिए ।

दुबै बालबालिकाको हाल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ८ : ३५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा