प्रदेश प्रमुख डा. अहिराजले गरे ‘जलन पीडित’ बालबालिकालाई आर्थिक सहयोग « Khabarhub

प्रदेश प्रमुख डा. अहिराजले गरे ‘जलन पीडित’ बालबालिकालाई आर्थिक सहयोग


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश २ प्रमुख डा. राजेश अहिराजले ‘जलन पीडित’ दुई बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

प्रदेश प्रमुख अहिराजले पदभार ग्रहणपछिको पहिलो महिनाको पारिश्रमिक रकम (३२ हजार रुपैयाँ ) दुई जना जलन पीडित बालबालिकाहरुको उपचारका लागि सहयोग गरेका हुन् । कीर्तिपुर अस्पतालमा पुगेर उनले सो रकम हस्तान्तरण गरेका हुन् ।

विगत ७ वर्षदेखि एसिड पीडितहरुको उद्धार तथा उपचारमा सहयोग पुर्‍याउँदै आएका सामाजिक अभियन्ता उज्वल विक्रम थापाले ती बालबालिकाहरुको उपचारका लागि सहयोग गर्न आग्रह गरेपछि प्रदेश प्रमुख झाले उक्त सहयोग गरेका हुन् ।

‘प्रदेश प्रमुख झाले जनताको पैसा जनताकै सेवाका लागि खर्च गर्ने चाहना राख्नुभएको थियो, सोही बमोजिम आर्थिक सहयोग गरिएको हो,’ सामाजिक अभियन्ता थापाले भने, ‘आगोमा परी जलेका ती बालबालिकाहरुको उपचारमा सहयोग गर्नका लागि मैले सिफारिस गरेको हुँ । उनको सहयोगले बालबालिकाको उपचारमा ठूलो राहत पुग्ने विश्वास लिएको छु ।’

प्रदेश प्रमुख अहिराजले आगलागीमा परी घाइते भएकी सिन्धुलीकी गाङ्लेख–७ की २ वर्षीया बालिकाको उपचारका लागि नगद २० हजार सहयोग गरेका हुन् । बालिका वस्तुभाउका लागि पकाइएको कुँडोको भाँडोमा परेर जलेकी थिइन् ।

यसैगरी प्रदेश प्रमुख अहिराजले आगलागीमा परी घाइते बनेका वीरगंजका महानगरपालिका–६ का ३ वर्षीय बालकको उपचारका लागि १२ हजार नगद सहयोग गरेका हुन् । ती बालक घर नजिकै बच्चाहरुले फोहोर बालेको ठाउँमा परेर जलेका थिए ।

दुबै बालबालिकाको हाल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ८ : ३५ बजे

ज्ञापनपत्र बुझाउँदै एमालेले भन्यो : गौरीबहादुर कार्कीको प्रतिवेदन खारेज गर

भैरहवा- नेकपा (एमाले) रुपन्देहीले पार्टी अध्यक्ष केपी शर्मा ओली तथा

खरिद ऐन संशोधन हुने कुराले व्यवसायी खुसी, ३७ टेबल धाउनुपर्ने बाध्यता हट्ने आशा

काठमाडौं- नवगठित बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले शनिबार सय बुँदे

भारतीय प्रधानमन्त्री मोदी र साउदी अरेबियाका समकक्षीबीच फोनवार्ता, ऊर्जा संकटदेखि समुद्री जलमार्गबारे कुराकानी

नयाँ दिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरेबियाका युवराज

बाँकेमा अझै १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च

नेपालगञ्ज– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा उम्मेदवार

भारतसँग स्वास्थ्य मन्त्रीको विशेष सम्बन्ध, एआईआईएमएसले लेख्यो : हाम्रा लागि गर्वको क्षण

काठमाडौं- नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बनेको नयाँ सरकारमा