आजको मौसम : मुलुकका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना « Khabarhub

आजको मौसम : मुलुकका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको हुँदा केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ बैशाख १७ गते (शुक्रबार)

दिउसो : देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागका केही स्थानमा र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति : देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ।देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

२०७८ बैशाख १८ गते (शनिबार)

दिउँसो : प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूका केहि स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ।

राति : प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।

२०७८ बैशाख १९ गते (आइतबार)

दिउँसो : प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केहि स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ।

राति : प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।

महाशाखाले देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ६ : ५० बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै