‘तपाईंको मास्क खोइ ?’ | Khabarhub Khabarhub

‘तपाईंको मास्क खोइ ?’


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा— भारतको बिहार र पश्चिम बङ्गालसँग जोडिएको झापामा कोरोना फैलने क्रम ह्वात्तै बढेको छ । भारतीय नागारिकहरूलाई नेपाल प्रवेशमा रोक लगाइए पनि संक्रमणको दर भने बढ्न थालेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार वैशाख १५ गतेसम्ममा संक्रमितको जम्मा संख्या ४ हजार ८९५ पुगेको छ । तीमध्ये ५० जना १५ गते थपिएका हुन् । थपिने मध्येमा सबैभन्दा बढी विर्तामोडका ६ जना महिलासहित १३ जना छन् ।

यस्तै, भारतको बिहारसँग जोडिएको गौरीगञ्जमा ५ जना महिलासहित ११ संक्रमित थपिएका छन् । हालसम्म झापामा कोरोनाका कारण १३२ जनाको मृत्यु भएको छ ।

दमकमा जनप्रतिनिधि संक्रमित

दमक नगरपालिकामा एक जना वडाध्यक्षमा कोरोना संक्रमणच देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत पनि संक्रमित भएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनालाई कोरोना संक्रमण पुष्टि भएपछि उनी आइसोलेनमा छन् । विराटनगरमा गरिएको परीक्षणमा तिम्सिनाको रिपोर्ट पोजिटिभ देखिएको हो । उनी केही दिन अघि एक जना आफन्तको वैवाहिक कार्यक्रममा सहभागी भएका थिए । कन्ट्याक्ट ट्रेसिङमा उनको परीक्षण गरिएको थियो । तिम्सिनाले आफ्नो कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएकोले आफू होम आइसोलेसनमा बसेको बताएका छन ।

तिम्सिना वैवाहिक समारोह सकेर दमक आएपछि मङ्गलबार दमकमा कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धीको बैठक बसेको थियो । बैठकमा उनी पनि सहभागी भएका थिए । सरकारले सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाको अवस्था अनुगमन गर्ने समिति तोकेको छ । यसअघि बुधबार दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई कोरोना पुष्टि भएको थियो ।

मास्क खोइ ?

संक्रमण दर बढ्न थालेपछि झापामा ‘मास्क खोइ ?’ अभियान शुरू भएको छ । दमक उद्योग वाणिज्य संघले सडक तथा बजारमा मास्कसहित स्वयंसेवक परिचालन गरेको छ । स्वयंसेवकहरूले मास्क नलगाई हिँड्नेलाई ‘तपाईको मास्क खोई ?’ भनेर सोध्दै मास्क लगाउन प्रेरित गर्छन् ।

सर्वसाधारणलाई मास्क लगाउन प्रेरित गरी कोरोना संक्रमण न्यूनीकरणका लागि यस्तो अभियान चलाइएको संघका अध्यक्ष गोकुल श्रेष्ठको भनाइ छ ।

स्वयंसेवकहरूले मास्क वितरण पनि गर्छन् । उनीहरूले सामाजिक दूरी कायम गर्ने र स्वास्थ्य सावधानी अपनाउन प्रेरित गर्ने काम गर्छन् ।

१० हजार मास्क हस्तान्तरण

नेकपा एमालेले दमक नगरपालिकालाई १० हजार थान मास्क हस्तान्तरण गरेको छ । महामारी नियन्त्रणमा अग्रभागमा खटिनेहरूलाई लक्षित गरी मास्क प्रदान गरिएको एमाले नगर सचिवालय सदस्य सन्तोष दुलालले जानकारी दिए ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ७ : ५५ बजे

मैथली भाषामा फिल्म ‘लेबर’ बनाउँदै निर्देशक पूर्णेन्दु

काठमाडौं– विश्व मजदुर दिवसको अवसरमा मैथली भाषाको फिचर फिल्म ‘लेवर’

अर्थमन्त्री भन्छन् : आर्थिक शिथिलता कम हुँदैछ तर ढुक्क हुने अवस्था छैन

अर्थमन्त्री वर्षमान पुन अनन्तले मुलुकको आर्थिक शिथिलता सुधार हुँदै गए

दक्षिणी चीनमा राजमार्ग भासिँदा १९ जनाको मृत्यु, दर्जनौं घाइते

बेइजिङ– दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा

पशुपतिको विद्युत शवदाह अब निःशुल्क

काठमाडौं– पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क

सलमानको घरबाहिर गोली चलाएको प्रकरणमा पक्राउ युवकले गरे आत्महत्या

एजेन्सी : बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर गोली