‘तपाईंको मास्क खोइ ?’ « Khabarhub

‘तपाईंको मास्क खोइ ?’


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा— भारतको बिहार र पश्चिम बङ्गालसँग जोडिएको झापामा कोरोना फैलने क्रम ह्वात्तै बढेको छ । भारतीय नागारिकहरूलाई नेपाल प्रवेशमा रोक लगाइए पनि संक्रमणको दर भने बढ्न थालेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार वैशाख १५ गतेसम्ममा संक्रमितको जम्मा संख्या ४ हजार ८९५ पुगेको छ । तीमध्ये ५० जना १५ गते थपिएका हुन् । थपिने मध्येमा सबैभन्दा बढी विर्तामोडका ६ जना महिलासहित १३ जना छन् ।

यस्तै, भारतको बिहारसँग जोडिएको गौरीगञ्जमा ५ जना महिलासहित ११ संक्रमित थपिएका छन् । हालसम्म झापामा कोरोनाका कारण १३२ जनाको मृत्यु भएको छ ।

दमकमा जनप्रतिनिधि संक्रमित

दमक नगरपालिकामा एक जना वडाध्यक्षमा कोरोना संक्रमणच देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत पनि संक्रमित भएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनालाई कोरोना संक्रमण पुष्टि भएपछि उनी आइसोलेनमा छन् । विराटनगरमा गरिएको परीक्षणमा तिम्सिनाको रिपोर्ट पोजिटिभ देखिएको हो । उनी केही दिन अघि एक जना आफन्तको वैवाहिक कार्यक्रममा सहभागी भएका थिए । कन्ट्याक्ट ट्रेसिङमा उनको परीक्षण गरिएको थियो । तिम्सिनाले आफ्नो कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएकोले आफू होम आइसोलेसनमा बसेको बताएका छन ।

तिम्सिना वैवाहिक समारोह सकेर दमक आएपछि मङ्गलबार दमकमा कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धीको बैठक बसेको थियो । बैठकमा उनी पनि सहभागी भएका थिए । सरकारले सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाको अवस्था अनुगमन गर्ने समिति तोकेको छ । यसअघि बुधबार दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई कोरोना पुष्टि भएको थियो ।

मास्क खोइ ?

संक्रमण दर बढ्न थालेपछि झापामा ‘मास्क खोइ ?’ अभियान शुरू भएको छ । दमक उद्योग वाणिज्य संघले सडक तथा बजारमा मास्कसहित स्वयंसेवक परिचालन गरेको छ । स्वयंसेवकहरूले मास्क नलगाई हिँड्नेलाई ‘तपाईको मास्क खोई ?’ भनेर सोध्दै मास्क लगाउन प्रेरित गर्छन् ।

सर्वसाधारणलाई मास्क लगाउन प्रेरित गरी कोरोना संक्रमण न्यूनीकरणका लागि यस्तो अभियान चलाइएको संघका अध्यक्ष गोकुल श्रेष्ठको भनाइ छ ।

स्वयंसेवकहरूले मास्क वितरण पनि गर्छन् । उनीहरूले सामाजिक दूरी कायम गर्ने र स्वास्थ्य सावधानी अपनाउन प्रेरित गर्ने काम गर्छन् ।

१० हजार मास्क हस्तान्तरण

नेकपा एमालेले दमक नगरपालिकालाई १० हजार थान मास्क हस्तान्तरण गरेको छ । महामारी नियन्त्रणमा अग्रभागमा खटिनेहरूलाई लक्षित गरी मास्क प्रदान गरिएको एमाले नगर सचिवालय सदस्य सन्तोष दुलालले जानकारी दिए ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ७ : ५५ बजे

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

काठमाडौं – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र