पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार « Khabarhub

पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो ।

नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघन उपचार कक्षमा सारिएको थियो ।

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनलाई हाल अक्सिजनको सामान्य प्रयोग गरिएको छ । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ ।

उनलाई अक्सिजन दिनुपरेको छैन । उनीहरु तीनै जना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए । त्यसको केही दिनअघि उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ११ : ४४ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान