सहजपुर–बिपीनगर–बोगटान सडक निर्माण सुस्त | Khabarhub Khabarhub

सहजपुर–बिपीनगर–बोगटान सडक निर्माण सुस्त


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- कोरोना महामारीको त्रासका कारण कैलालीको सहजपुर हुँदै दिपायल जोड्ने सहजपुर–बिपीनगर–बोगटान सडकको काम पुनः सुस्त गतिमा गएको छ ।

सडक क्षेत्रमा पर्ने रुखहरु काट्ने अनुमति पाएसँगै तीव्र गतिमा भइरहेको काम अहिले कोरोनाका कारण बन्दाबन्दी शुरु हुन थालेपछि उक्त सडकमा काम गर्ने मजदूर आआफ्नो घर फर्किन थालेका कारण कामले तीव्रता पाउन नसकेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन ७ गते शिलान्यास गरेको उक्त सडक निर्माण सुस्त भएपछि तोकिएका समयमा काम सम्पन्न हुन नसक्ने भन्दै स्थानीयवासीमा निराशा छाएको चुरेगाउँपालिका निगालीकी नीता बोहराले बताइन । उनले भनिन्, “समयमै काम सकिएला र पिच सडकमा यात्रा गरौँला भन्ने आशा थियो, कोरोनाले हाम्रो सपना पूरा होला जस्तो छैन ।”

कैलालीको सहजपुरदेखि डोटीको बोगटानसम्म ४० किलोमिटर लामो सो सडक निर्माण अवधि सकिनै लाग्दा समेत कोरोनाले खासै भौतिक प्रगति हुन नसकेको स्थानीयवासीको आरोप छ । आगामी असार ७ गते सक्ने गरी २०७५ मङ्सिर २२ गते पिआरएल कुमार जेभीसँग सहजपुरदेखि डोटी बडीकेदारको गाडेबाँजसम्म ५० किमी सडक कालोपत्रेका लागि सम्झौता भएको थियो ।

सम्झौतानुसार सात मिटर चौडा कालोपत्रे र कालोपत्रेको दायाँबायाँ एकएक मिटर सोल्जर (ग्राभेल) सडक निर्माण गरिसक्नुपर्नेछ । एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको उक्त आयोजनाको सम्झौता रु एक करोड ९६ लाख ९३ हजार ३१२ अमेरिकी डलरमा भएको हो ।

शिलान्यास भएको केही सयम कामले तीव्रता पाए पनि कोरोनाका कारण पटकपटक हुने बन्दाबन्दीलगायत अ स्थानीयवासीको अवरोधका कारण तोकिएका समयमा लक्ष्य पूरा हुन नसक्ने सडकका आयोजना प्रमुख उज्ज्वल श्रेष्ठले बताए । उनका अनुसार सडकको अहिलेसम्म करीब ३५ प्रतिशत मात्रै काम भएको छ ।

सर्वसाधारणले अहिले सो सडकमा आवतजावत गर्दा निकै सास्ती खेपिरहनुपरेको बिपीनगरका बासिन्दा तथा व्यापारी भोजबहादुर देउवाले बताए ।

वर्षामा हिलो र अरुबेला धुलाले आवतजावतमा पहिलेभन्दा बढी सास्ती खेप्नुपरिरहेको कैलाली, चुरे गाउँपालिका–१ निगालीका केशवबहादुर सिंहले गुनासो गरे ।

कालोपत्रेको काम नहुँदा सडकभरि डोजरले खनेको हिलो र धुलाले आवतजावतमा समस्या हुँदै आएको बताइएको छ । तत्कालीन जिल्ला पञ्चायत सभापति भरतबहादुर खड्काले विसं २०४४ मा साधारण मार्ग खोल्ने कामको शिलान्यास गरेका थिए ।

आयोजनाको शुरुको सम्झौता अवधि करीबकरीब सकिन लागेको छ । पछिल्लो समय कोरोनाले काम गर्ने कर्मचारीलाई पनि असर गर्न सक्ने भनी कामदार घर फर्किने तयारी गरेपछि सडकको काम अझै रोकिने अवस्था आएको आयोजनाले जनाएको छ । सो सडक निर्माणपछि कैलालीको चुरे र डोटीको दक्षिणी भेगका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित हुने देखिन्छ ।

सडक विस्तारसँगै सो क्षेत्रमा उत्पादित कृषि उपजले पनि बजार पाउने आशामा खुशी भएका यहाँका नागरिक सडकको कामले गति नलिएपछि निराश भएको बडिकेदार गाउँपालिकाका भक्तबहादुर साउदले बताए । रासस

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ३ : ४२ बजे

फोहर बेचेर पैसा कमाउँदै धनगढी उपमहानगर

कैलाली– धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र

प्रधानमन्त्रीज्यू ! सत्ताको उन्मादले गद्दी फेरिन्छ, बुद्धि फेरिँदैन 

कुनै ठाउँमा चार मूर्ख रहेछन् । उनीहरूले उद्यमका लागि पेट्रोल

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।

लिली र डर्टमन्डको खेल बराबरीमा सकियो

काठमाडौं – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बोरुसिया

लघुवित्तमा ‘बेस रेट’ : वाणिज्य बैंकभन्दा पाँच प्रतिशत महँगो ब्याज 

काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा लघुवित्तका लागि बेस