जसपाका पदमुक्त चार प्रदेश सांसद अदालत जाने « Khabarhub

जसपाका पदमुक्त चार प्रदेश सांसद अदालत जाने


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— लुम्बिनी प्रदेशको प्रदेश सभाले पदमुक्त गरेपछि जनता समाजवादी पार्टीका ४ जना प्रदेश सभा सदस्य कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने भएका छन् ।

पार्टीको कुनै आधिकारिक निर्णयबिना आफूहरूलाई प्रदेश सभा सचिवालयले पदमुक्त गरेको भन्दै त्यसविरूद्ध चारै जना आजै सर्वोच्च अदालतमा जाने भएका हुन् ।

प्रदेश सभा सचिवालयले हिजो सूचना जारी गरी जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरी पदमुक्त गरेको थियो ।

गत वैशाख ६ गते लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्ववास प्रस्ताव दर्ता भएलगत्तै जनता समाजवादी पार्टीका सन्तोष पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई मन्त्री बनाईएको थियो ।

मुख्यमन्त्री पोखरेलविरूद्धको अविश्वास प्रस्तावमा उनीहरूले समेत हस्ताक्षर गरेका थिए । तर त्यसको एक घन्टापछि चारै जना सरकारमा सहभागी भएपछि पार्टीले कारबाही गरेको हो ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  २ : ०१ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने