पुल भत्किएको घटनाको छानबिन गर्न माग « Khabarhub

पुल भत्किएको घटनाको छानबिन गर्न माग


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशुली नदीमाथि निर्माणाधीन पुल भत्किएको विषयमा छानबिन गर्न माग गरिएको छ ।

जिल्ला समन्वय समिति तनहुँ र चितवनको संयुक्त पहलमा बसेको बैठकले पुल भत्किएको घटनाको छानबिनका लागि सम्बन्धित मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो । बैठकले भत्किएको पुलको भग्नावशेष आगामी जेठ १५ गतेभन्दा अगावै नदीबाट हटाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको जिल्ला समन्वय समिति तनहुँका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिए ।

चितवनका सङ्घीय सांसद, वागमती प्रदेशका सांसद, तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहित सहभागी बैठकले पुल सम्पन्न नहुँदासम्म तनहुँ र चितवन जिल्ला समन्वय समितिको नेतृत्वमा संयुक्त अनुगमन समिति गठन गर्ने निर्णयसमेत गरेको प्रवक्ता गुरुङले जानकारी दिए । “दुई–दुई पटक पुल क्षतिग्रस्त हुनुको मुख्य कारण के हो र कसको लापरवाही हो भन्ने विषयमा छलफल पश्चात् छानबिनका लागि मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरिएको छ”, उनले भने ।

गण्डकी प्रदेशकै महत्वपूर्ण धार्मिक स्थल देवघाटधाम हुँदै मुक्तिनाथ करिडोरलाई जोड्ने गरी देवघाट क्षेत्र विकास समितिको गुरुयोजनामा समावेश भई रु २१ करोड लागत रहेको पुल यही वैशाख १२ गते दोस्रो पटक भत्किएको थियो । यसअघि गत चैत २४ गते सो पुलको केही भाग भत्किएको थियो । वैशाख १२ गते पुल भाचिँदा नदीमा खसेर दुई जनाको मृत्यु भएको थियो ।

बैठकमा तनहुँबाट जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरिक्षक अरुण पौडेल, समन्वय समितिका सदस्य एवं प्रवक्ता गुरुङको सहभागिता थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  १० : ४५ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ